फास्ट ट्रयाक शिलान्यासपछि प्रधानमन्त्रीले भने, 'तराई र काठमाडौंको भावना जोडियो'

लक्ष्मी साह

बारा — प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँबाट तराई प्रदेश जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको द्रुत मार्ग (फास्ट ट्र्याक)को आइतबार यहाँ शिलान्यास गरेका छन् । नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने उक्त सडक ७६.२ किमी दूरीको हुनेछ ।

फास्ट ट्रयाक शिलान्यासपछि प्रधानमन्त्रीले भने, 'तराई र काठमाडौंको भावना जोडियो'

प्रधानमन्त्री पुष्पकमल दाहालले बहुचर्चित तराई/मधेस जोड्ने निजगढ–काठमाडौं फास्टट्रयाकको आइतबार शिलान्यास गरेका छन् । निर्वाचन आचारसंहिताकै अवधिमा शिलान्यास गरिएको हो । निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माका अनुसार आयोगको सहमतिमा प्रधानमन्त्रीबाट राष्ट्रिय गौरवका यस ठुला आयोजनाको शिलान्यास गरिएको हो ।

प्रधानमन्त्री दाहालले शिलान्यास सभालाई सम्बोधन गर्दै फास्टट्रयाक बनाउने धेरै लामो समयको चाहना शिलान्यास गरेपछि पूरा भएको बताएका छन् । फास्टट्रयाकले तराई/मधेस र काठमाडौंबीचको दूरी घटाउने मात्र पूरा गर्दैन, मधेस र पहाडको भावनासमेत जोडेको छ,’ उनले भने, ‘नेपाली सेनालाई फास्ट ट्रयाक निर्माण गर्न दिएर मैले गुण लगाएको छु ।’आफू प्रधानमन्त्री भएपछि आर्थिक विकास र समृद्ध राष्ट्रका लागि राष्ट्रिय गौरवका ठूला आयोजनालाई प्राथमिकतामा राखी अगाडि बढाएको उनले दाबी गरे ।

७६ किमी दुरीको यो फास्टट्रयाक निर्माण गर्न सरकारले नेपाली सेनाको जिम्मा दिइसकेको छ । फास्टट्रयाकको ट्रयाक खोल्ने काम पनि सेनाले गरेको थियो ।

कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले सरकारले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘सरकारले जसरी विश्वास गरेर जिम्म्मा दिएको छ, त्यसै गरी समयमै इमान्दारीपूर्वक काम सम्पन्न गराउनेछु ।’

कार्यक्रममा भौतिक योजनामन्त्री रमेश लेखक, रक्षामन्त्री बालकृष्ण खाँडलगायतकाले फास्टट्रयाक छिट्टो बन्ने विश्वास दिलाए ।

प्रकाशित : जेष्ठ १४, २०७४ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?