२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पराजुलीलाई प्रधानन्यायाधीश नबनाउन रिट

काठमाडौं — उमेर र शैक्षिक योग्यतामा विवादित न्यायाधीश गोपाल पराजुलीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा बुधबार रिट निवेदन दर्ता भएको छ ।

पराजुलीलाई प्रधानन्यायाधीश नबनाउन रिट

अधिवक्ता विकास गिरीले दर्ता गरेको उक्त रिट निवेदनमा बिहीबार नै पेसी तोकिएको छ । रिटमा दुईवटा नागरिकतामा अलगअलग जन्म मिति रहेको, एसएलसीको प्रमाणपत्र नभएको र पराजुलीको सार्वजनिक छवि पनि विवादित भएको भन्दै निवेदक गिरीले उनलाई प्रधानन्यायाधीशका निम्ति सिफारिस गर्न नहुने जिकिर गरेका छन् ।

न्यायपरिषद, संवैधानिक परिषद, संसदीय सुनुवाई विशेष समिति, राष्ट्रपति र न्यायाधीश पराजुलीलाई विपक्षी बनाइएको छ ।

भावी प्रधानन्यायाधीशको एसएलसी प्रमाणपत्रै गायब !

प्रकाशित : जेष्ठ १७, २०७४ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?