कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

साउदी, युएई, बहराइन, इजिप्ट र यमनद्वारा कतारसँग कुटनीतिक सम्बन्ध विच्छेदको घोषणा

आतंकवादलाई सहयोग गरी क्षेत्रिय अस्थिरता फैलाउन खोजेको आरोप
हाेम कार्की

काठमाडौं — साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स, इजिप्ट र यमनले कतारसँग कुटनीतिक सम्बन्ध विच्छेद गरेको सोमबार विहान घोषणा गरेका छन् । कतारले आंतकवादलाई प्रोत्साहन दिएको आरोप लगाउँदै यी देशहरुले कतारसँग सम्बन्ध विच्छेद गरेको घोषणा गरेका हुन् । युएईले कतारी कुटनीतिकलाई ४८ घण्टाभित्र आफ्नो देश छोड्न अनुरोध गरेको छ ।

साउदी, युएई, बहराइन, इजिप्ट र यमनद्वारा कतारसँग कुटनीतिक सम्बन्ध विच्छेदको घोषणा



ती देशहरुले कतारसँग जल, स्थल र हवाई सम्बन्धसमेत रद्द गरेका छन् । यस घोषणासँगै ती देशका विमान कम्पनीहरुले कतार उडान रद्द गरेको जानकारी गराएका छन् । साउदीको सरकारी सञ्चार माध्यम साउदी प्रेस एजेन्सीका अनुसार साउदीले कतारसँगको सीमासमेत सिल गरिसकेको जनाएको छ । कतारको र साउदीसँग मात्रै स्थलसीमा जोडिएको छ ।

कतारले यमनमा जारी युद्धबाट आफ्नो सेना झिकेर ‘अरबीक समूह’बाट पन्छिएको आरोप साउदीले लगाएको छ । साउदीले कतारलाई क्षेत्रीय र आपसी मतभेद बढाउने गतिविधि गरेको तथा आतंकवादी समूहलाई आर्थिक सहयोग गरेको आरोप लगाएको छ ।

कतार सरकारबाट सञ्चालित सञ्चारमाध्यमले यमनको युद्धमा साउदी नेतृत्वको संयुक्त सैनिक कारवाहीलाई कमजोर पार्ने कोसिस गरेको समेत जनाएको छ । युएईको सरकारी सञ्चारमाध्यमका अनुसार कतारले अरब क्षेत्रको छिमेकमा अस्थिरता निम्त्याउने समूहलाई सहयोग गरेको आरोप लगाएको छ ।

साउदीले कतारी नागरिकलाई १४ दिनभित्र आफ्नो देश छोड्न आदेश दिएको छ । उसले कतारी नागरीकलाई ट्रान्जिटको लागि समेत प्रवेश गर्न रोकेको छ । साउदीले आफ्ना नागरीकलाई १४ दिनभित्र कतारमा नबस्न र यात्रा नगर्न पनि आदेश दिएको छ ।

प्रकाशित : जेष्ठ २२, २०७४ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?