साउदी, युएई, बहराइन, इजिप्ट र यमनद्वारा कतारसँग कुटनीतिक सम्बन्ध विच्छेदको घोषणा

आतंकवादलाई सहयोग गरी क्षेत्रिय अस्थिरता फैलाउन खोजेको आरोप
हाेम कार्की

काठमाडौं — साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स, इजिप्ट र यमनले कतारसँग कुटनीतिक सम्बन्ध विच्छेद गरेको सोमबार विहान घोषणा गरेका छन् । कतारले आंतकवादलाई प्रोत्साहन दिएको आरोप लगाउँदै यी देशहरुले कतारसँग सम्बन्ध विच्छेद गरेको घोषणा गरेका हुन् । युएईले कतारी कुटनीतिकलाई ४८ घण्टाभित्र आफ्नो देश छोड्न अनुरोध गरेको छ ।



ती देशहरुले कतारसँग जल, स्थल र हवाई सम्बन्धसमेत रद्द गरेका छन् । यस घोषणासँगै ती देशका विमान कम्पनीहरुले कतार उडान रद्द गरेको जानकारी गराएका छन् । साउदीको सरकारी सञ्चार माध्यम साउदी प्रेस एजेन्सीका अनुसार साउदीले कतारसँगको सीमासमेत सिल गरिसकेको जनाएको छ । कतारको र साउदीसँग मात्रै स्थलसीमा जोडिएको छ ।

कतारले यमनमा जारी युद्धबाट आफ्नो सेना झिकेर ‘अरबीक समूह’बाट पन्छिएको आरोप साउदीले लगाएको छ । साउदीले कतारलाई क्षेत्रीय र आपसी मतभेद बढाउने गतिविधि गरेको तथा आतंकवादी समूहलाई आर्थिक सहयोग गरेको आरोप लगाएको छ ।

कतार सरकारबाट सञ्चालित सञ्चारमाध्यमले यमनको युद्धमा साउदी नेतृत्वको संयुक्त सैनिक कारवाहीलाई कमजोर पार्ने कोसिस गरेको समेत जनाएको छ । युएईको सरकारी सञ्चारमाध्यमका अनुसार कतारले अरब क्षेत्रको छिमेकमा अस्थिरता निम्त्याउने समूहलाई सहयोग गरेको आरोप लगाएको छ ।

साउदीले कतारी नागरिकलाई १४ दिनभित्र आफ्नो देश छोड्न आदेश दिएको छ । उसले कतारी नागरीकलाई ट्रान्जिटको लागि समेत प्रवेश गर्न रोकेको छ । साउदीले आफ्ना नागरीकलाई १४ दिनभित्र कतारमा नबस्न र यात्रा नगर्न पनि आदेश दिएको छ ।

Yamaha

प्रकाशित : जेष्ठ २२, २०७४ १४:५३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कुवेतबाट साउदी लगिएका घरेलु कामदारको उद्धार

हाेम कार्की

काठमाडौं — साउदी अरवस्थित नेपाली दूतावासले १० जना महिला कामदारलाई उद्धार गरी स्वदेश पठाएको छ । उनीहरुमध्ये २ जना बुधबार राती र ८ जना बिहिबार बिहान एयर अरेबिया हुँदै काठमाडौं आइपुगेका हुन् । उद्धारमा हुनेमा घरेलु कामदारका लागि कुवेतवाट साउदी लगिएका घरेलु कामदार समेत छन् ।

नेपाली दूताबासका अनुसार लम्जुङकी अमृता गुरुङ, टेककाशी घले, वर्दियाकी पार्वतीदेवि न्यौपाने, लक्ष्मी परियार र रामेछापकी चन्द्रमाया सुनुवारलाई उद्धार गरिएको हो । उनीहरु कम्पनीमा कार्यरत कामदार हुन् । कम्पनीले भिसा नलगाई गैरकागजात हैसियत बनाएपछि उद्धारका लागि दूताबास पुगेका थिए ।
कुवेतवाट साउदी लगिएका ताप्लेजुङकी निर्मला मग्रान्ती, झापाकी टिकामाया परियार, भिमाकुमारी चौधरी, राधिका बुढाथोकीलाई उद्धार गरिएको साउदीका लागि कार्यबाहक राजदुत आनन्दराज शर्माले बताए ।

स्वदेश फिर्न रियाद बिमानस्थल पुगेका सर्मिला तितुङ र सीता थिङलाई भने स्पोन्सरले हुरुप लगाइदिएको भन्दै बिमानस्थलबाटै फर्काइदिएको छ । साउदी सरकारले गैरकागजात बिहिन हैसियत भएका कामदारलाई विना सजाय स्वदेश फिर्नको लागि आममाफी दिएपछि उनीहरुलाई सहज रुपमा स्वदेश पठाउन सकेको शर्माले बताए । ‘१२ जना मध्ये १० जना नेपाल पुगेका छन् । दुई जना फिर्ता भएको छ,’ उनले भने,‘फिर्ता भएको मुद्धालाई टुङगाउने प्रक्रिया अगाडि बढिसकेको छ ।’

उद्धार भएकाहरु ५ महिना यता देखि दूताबासको अस्थायी सेल्टरमा बस्दै आएका थिए । ‘सेल्टरमा अझै १० जना छ । उनीहरुलाई स्वदेश पठाउन साउदीको सम्बन्धीत निकायमा पहलकदमी हुदै आएको छ,’ उनले भने,‘अधिकांस कुवेतबाटै आएकोले स्वदेश पठाउन अलि कठिन छ । आममाफी भएकोले अहिले जरिवना मिनाह हुने भएकोले झन्झटिलो कम छ ।’

प्रकाशित : चैत्र ३१, २०७३ १२:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT