कामु प्रधानन्यायाधीश पराजुलीविरुद्धको निवेदन खारेज

काठमाडौं — सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश पदमा सिफारिस नगर्न मागसहित दायर रिट निवेदन बिहीबार खारेज गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पराजुलीको शैक्षिक प्रमाणपत्र र उमेरका सम्बन्धमा कुनै पनि प्रमाणित आधार नभेटिएकाले रिट निवेदन खारेज गरेको हो । बुधबारदेखि कामु प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नुभएका पराजुलीलाई अब प्रधानन्यायाधीश बन्न बाटो खुलेको छ ।

कामु प्रधानन्यायाधीश पराजुलीविरुद्धको निवेदन खारेज

सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश पदमा सिफारिस नगर्न मागसहित दायर रिट निवेदन बिहीबार खारेज गरेको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पराजुलीको शैक्षिक प्रमाणपत्र र उमेरका सम्बन्धमा कुनै पनि प्रमाणित आधार नभेटिएकाले रिट निवेदन खारेज गरेको हो । बुधबारदेखि कामु प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नुभएका पराजुलीलाई अब प्रधानन्यायाधीश बन्न बाटो खुलेको छ ।

राष्ट्रपतिको कार्यालय, संसदीय सुनुवाइ विशेष समिति, न्यायाधीश पराजुली, संवैधानिक परिषद् र न्यायपरिषद्लाई विपक्षी बनाई अधिवक्ता विकास गिरीले यही जेठ १७ गते रिट निवेदन दायर गरेका थिए । नागरिकता र शैक्षिक योग्यतामा विवादित न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस नगर्न आदेशको मागसहित रिट निवेदन दायर गरिएको थियो । रासस

प्रकाशित : जेष्ठ २५, २०७४ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?