सम्झौता पूरा नगरे निर्वाचन हुन सक्दैन : महतो

राजविराज — राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले मधेसवादी दलसँग गरेको सम्झौता पूरा नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने बताएका छ्न् ।

प्रेस मञ्च नेपालद्वारा शनिबार सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा नेता महतोले मधेस आन्दोलनको क्रममा मधेसमा सहिद भएका मधेसी कार्यकर्ता र घाइते भएकाको सपना पूरा गराउन मधेसवादी नेताले त्यसको त्याग र बलिदान बिर्सन नहुने स्मरण गराउँदै केही मधेसवादी नेता र मधेसवादी राजनीतिक दलले मधेसलाई धोका दिएको आरोप लगाए । सोही पार्टीका अर्का सदस्य राजकिशोर यादवले सरकारले मधेसीको माग पूरा नगरेमा मधेसी जनताले त्यसको व्यापक विरोध गर्दै आन्दोलनमा जाने बताए । रासस

Yamaha

Esewa Pasal

प्रकाशित : जेष्ठ २७, २०७४ १३:०७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

गोसाइँकुण्डमा अवतरणका क्रममा मनाङ एयरको हेलिकप्टरमा क्षति

रसुवा — गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडौंबाट उडेको मनाङ एयरको हेलिकप्टर शनिबार मध्यान्ह अगाडि अवतरणको क्रममा क्षति भएको छ । छ जना यात्रु बोकेको उक्त हेलिकप्टरको तेलरोटर (पुच्छरको भाग) गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा सामान्य क्षति भएको मनाङ एयरले जनाएको छ । हेलिकप्टरका यात्रु र चालक सबै सकुशल रहेका छन् ।

हेलिकप्टर मर्मत गरी काठमाडौं लान र गएका यात्रु फिर्ता लैजान प्राविधिक टोलीसहित दुईवटा हेलिकप्टर काठमाडौँबाट गोसाइँकुण्ड पठाइसकिएको बताइएको छ । क्षतिको थप विवरण आउन बाँकी छ । रासस

प्रकाशित : जेष्ठ २७, २०७४ १३:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT