कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले सांसद् सवार कारलाई बसले दियो ठक्कर, सांसद् पहाडी र चालक घाइते

राजकुमार कार्की

सिन्धुली — संसद्को विकास समिति सदस्य एवं सिन्धुली क्षेत्र नं १ का सांसद् गणेश पहाडी सवार कारलाई शनिबार बसले ठक्कर दिएको छ ।

काठमाडौंबाट आफ्नो क्षेत्रतर्फ जाँदै गरेका पहाडी चढेको बा ११ च ८१६९ नं कारलाइलाई मध्यपहाडी लोकमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका १ को कालिआप नजिक ओखलढुंगाबाट राजधानीतर्फ जाँदै गरेको बा ४ ख ३८९४ नं को यात्रुबाहक बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट सांसद् पहाडी र चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 

सांसद् पहाडी सवार कारको अगाडिको भाग पूर्ण क्षति भएको छ । बस र चालकलाई इलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ ।

बस तीव्रगतिमा हुँइकिएको बसले ठक्कर दिएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । सांसद् पहाडी फिक्कल गाउँपालिकामा रहेको आफ्नो घरतर्फ जाँदै थिए । उनी एमालेका वैकल्पिक केन्द्रीय सदस्य समेत हुन् । 

प्रकाशित : जेष्ठ २७, २०७४ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?