कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

जेब्रा क्रसिङको जरिवाना हट्यो

काठमाडौं — नेपाल प्रहरीको उपत्यका ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि जेब्रा क्रसिङ र आकाशे पुलबाट बाटो नकाट्ने पैदलयात्रीबाट २ सय रुपैयाँ जरिवाना असुल्न बन्द गरेको छ । गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा उपत्यका ट्राफिक प्रहरी महाशाखाले जेब्रा क्रसिङ र आकाशे पुलबाट बाटो नकाट्ने पैदलयात्रीबाट २ सय रुपैयाँ जरिवाना असुल्न बन्द गरेको हो ।

जेब्रा क्रसिङको जरिवाना हट्यो

शर्माले सडकका आवश्यक सबै ठाउँमा जेब्रा क्रसिङलगायतका भौतिक पूर्वाधार निर्माण नभएकाले तत्कालका लागि जरिवाना नअसुल्न उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी मिङमार लामालाई निर्देशन दिएका हुन् । जेठ १६ देखि ट्राफिक प्रहरीले जेब्रा क्रसिङबाट र आकाशे पुलबाट बाटो नकाट्ने पैदलयात्रीलाई जरिवानास्वरुप २ सय रुपैया र पैसा नहुनेलाई ३ घण्टा सचेतना शिक्षा दिने अभियान सुरु गरेको थियो । ‘जरिवाना हटाएको नभनौं, केही समयका लागि स्थगित गरिएको हो’ ट्राफिक महाशाखाका डिजाइजी लामाले भने, ‘सचेतना शिक्षा ३ घन्टाको सट्टा आाधा घण्टा संचालन गर्छौं ।’

सडकमा पैदलयात्रीका लागि भौतिक पूर्वाधार नभई जरिवाना लिन थालेको भन्दै उक्त अभियानको चौतर्फी विरोध भएको थियो । चौतर्फी रूपमा विरोध भएपछि संसदको विकास समितिले समेत सडक संरचना निर्माण गरेरमात्र पैदलयात्रीलाई दण्ड जरिवानाको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो । राष्ट्रिय मानव अधिकार आयोगले समेत पैदलयात्रीलाई ट्राफिक प्रहरीले दुव्र्यवहार गरेको भन्दै ध्यानर्कषण भएको जनाएको थियो । आयोगले वक्तव्य जारी गर्दै  सर्वसाधारण तथा पैदलयात्रीको मर्यादा तथा सहजतालाई समेत ध्यान दिंदै आवश्यक व्यवस्था मिलाउन सरकारका सम्बन्धित निकायसंग आग्रह गरेको थियो । 

हाल १ सय २० मिटरको दुरीमा जेब्रा क्रसिङ निर्माणका भइरहेकोसमेत लामाले जाकारी दिए । उपत्यका मानयाँ र पुराना गरि ६ सय स्थानमा जेब्रा क्रसिङ छन् । ९ हजार भन्दा बढीलाई जेव्रा क्रसिङ  र आकाशे पुलबाट सडक नकाटेको भन्दै ट्राफिक प्रहरीले जरिवाना गरिसकेको छ । 

 

प्रकाशित : जेष्ठ ३०, २०७४ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?