१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

राजपा कार्यकर्ताद्वारा फोरम कार्यालयमा आक्रमण

रविन्द्र उप्रेती

महोत्तरी — राष्ट्रिय जनता पार्टी कार्यकर्ताले महोत्तरी सदरमुकारम जलेश्वरस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा आक्रमण गरेका छन् । करिब डेढ दर्जन संख्यामा राजपा कार्यकर्ता बुधबार बिहान फोरम कार्यालय पुगेर झन्डा उखेलेर फ्याँक्नुका साथै बोर्डमा कालो पोतिदिएका हुन् ।

राजपा कार्यकर्ताद्वारा फोरम कार्यालयमा आक्रमण

राष्ट्रिय जनता पार्टी कार्यकर्ताले महोत्तरी सदरमुकारम जलेश्वरस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा आक्रमण गरेका छन् ।

करिब डेढ दर्जन संख्यामा राजपा कार्यकर्ता बुधबार बिहान फोरम कार्यालय पुगेर झन्डा उखेलेर फ्याँक्नुका साथै बोर्डमा कालो पोतिदिएका हुन् । बिहान फोरम कार्यालयमा कोही नभएको मौकाछोपी उनीहरुले झन्डा उखेल्ने र बोर्डमा मोबिल पोत्ने काम गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

पार्टी कार्यालयमा आक्रमणपछि संघीय समाजवादी फोरम महोत्तरी अध्यक्ष रामनरेश यादवले कडा शब्दमा विरोध जनाएका छन् । ‘फोरम कार्यालयमाथिको हर्कत लोकतन्त्रको उपहास हो, लोकतन्त्रमाथिको आक्रमण पनि हो’उनले कान्तिपुरसँग भने, ‘प्रथम मधेस आन्दोलनमा ४२ जना सहिद भएर स्थापित भएको फोरमको झन्डा जलाउने र कार्यालयमाथि आक्रमण गर्नु सहिदहरुमाथिको अपमान पनि हो ।'

फोरम कार्यालय रहेको जलेश्वर खैराचोकमा सशस्त्र प्रहरी कार्यालय पनि छ । प्रहरी कार्यालयनजिक यस्तो घटना हुनुले समग्र निर्वाचन सुरक्षामा समेत प्रश्नचिह्न उठेको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ ३१, २०७४ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?