कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

कार्यालयमै तास खेल्ने असईसहित चार प्रहरी जवान कारबाहीमा

ललितपुर — महानगरीय प्रहरी वृत सातदोबाटोले प्रहरीको पेशागत आचरण विपरित कार्यालयभित्रै तास खेलेका असईसहित ४ जनालाई कारबाही गरेको छ । महानगरीय प्रहरी वृत सातदोबाटोका प्रहरी निरीक्षक सागर राणाको संयोजकत्वमा गठित तीन जनाको छानवीन टोलीले उनीहरूमाथि कारबाही गरेको हो ।

कार्यालयमै तास खेल्ने असईसहित चार प्रहरी जवान कारबाहीमा

सातदोबाटो वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर यादवले चार जनालाई स्पष्टीकरणपछि कारबाही गरिएको बताए । कारबाहीमा परेकामा असई रुद परियार, प्रहरी जवानहरु जनक कसेरा, सुमन कडेल, लोकबहादुर कुवँर छन्, उनीहरूलाई एक वर्षसम्म बढुवा र ग्रेड वृद्धि रोक्काको कारबाही गरिएको छ ।

सुवेदार मेजर हरिबहादुर सेन र हवल्दार मेजर धनसिङ ठकुरीलाई भने सचेतमात्र गराइएको छ । उनीहरू सातदोबाटो वृत्तको कार्यालय भवनमा गत शुक्रबार दिउँसै तास खेलिरहेको अवस्थामा भेटिएका थिए ।

प्रकाशित : असार ३, २०७४ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?