३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

आइभोरीसँग कूटनीतिक सम्बन्ध

काठमाडौं — उत्तर अफ्रिकी मुलुक कोटे डि आइभोरी (आइभोरी कोस्ट) सँग नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । तीन दिन अघि मात्र नेपालले युगान्डासँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो ।

आइभोरीसँग कूटनीतिक सम्बन्ध

आइभोरीसँग कूटनीतिक सम्बन्ध थप भएपछि नेपालको कूटनीतिक सम्बन्ध कायम भएको मुलुक १ सय ४६ पुगेको छ । राष्ट्रसंघमा सदस्य रहेका सबै मुलुकसँग नेपालको राम्रै सम्बन्ध रहेको भए पनि औपचारिक कूटनीतिक सम्बन्ध भने १ सय ४६ मुलुकसँग स्थापना भएको हो । कूटनीतिक सम्बन्ध कायम भएपछि त्यो मुलुक हेर्ने गैरआवासीय राजदूतसमेत तोक्ने चलन छ ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र उनका आइभोरी समकक्षी क्लाउडे बोहा कामोनले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त सहमतिपत्रमा शनिबार नेपाली नियोगमा हस्ताक्षर गरेका हुन् । स्थायी प्रतिनिधिद्वयले दुवै मुलुकबीच गाढा सम्बन्ध प्रवद्र्धन गर्दै भविष्यमा द्विपक्षीय एवं बहुपक्षीय सहयोग अभिवृद्धि गर्दै अघि बढ्ने बताएको नेपाली स्थायी नियोगले जनाएको छ ।

प्रकाशित : असार ४, २०७४ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?