कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोहोरो झडप हुँदा एमाले कार्यकर्ताको मृत्यु

अर्जुन शाह

बाजुरा — मनोनयन पत्र दर्ताका क्रममा बाजुराको छेडेदह गाउँपालिकामा काँग्रेस एमालेका कार्यकर्ताहरुबीच भएको झडपमा घाइते भएका एमाले कार्यकर्ता ५५ वर्षीय हंशबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दलबहादुर बोगटीले बताएका छन् । दुबैतर्फ गरी ३० जना बढी घाइते छन् ।

मनोनयन दर्ताका गर्न मतदान अधिकृतको कार्यालयमा जाने क्रममा छेडेदह गाउँपालिकामा काँग्रेस र एमालेका कार्यकर्ताहरुबीच भएको दोहोरो झडपमा परी गम्भीर घाइते भएका छेडेदह–६ का ५५ वर्षीय एमाले कार्यकर्ता हंश रावतको मृत्यु भएको छ ।

उनलाई उपचारका लागि सदरमुकाम ल्याउदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी दलबहादुर बोगटीका अनुसार झडपमा दुबैतर्फ गरी ३० जना बढी घाइते भएका छन् । दुबैतर्फबाट ढुङ्गा हानाहान भएको प्रहरीले जनाएको छ ।
मनोनयन भने छेडेदहसहित जिल्लाका नौ वटै स्थानीय तहमा सम्पन्न भएको छ । अन्य स्थानमा स्थानीय तहमा उत्साहजनक रुपमा मनोनयन दर्ता भएको छ । यस जिल्लामा चार नगरपालिका र पाँच गाउँपालिका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रले सबै तहमा प्रमुख तथा उपप्रमुख पदमा मनोनयन दर्ता गराएको छन् ।

मनोनयन दर्ता गराउनेहरु
१.बुढीगंगा नगरपालिकामा
नेपाली कांग्रेस
मेयर –दिपकबिक्रम शाह
उप मेयर– तारा थापा खाती
एमाले
मेयर– रामबहादुर बानियाँ
उप मेयर– मायादेवी कुँवर
माओवादी केन्द्र
मेयर–दिनेशराज जैशी
उप मेयर–मनादेवी जैशी
राप्रपा–
मेयर– चन्द्रबहादुर शाह
उप मेयर–
स्वतन्त्र
मेयर–लालबहादुर थापा

२ त्रिवेणी नगरपालिका
नेपाली काँग्रेस
मेयर –रामसिंह रावल
उप मेयर– राधिका सुनार

एमाले
मेयर–जंग बुढा
उप मेयर–पार्वती बिष्ट

माओवादी केन्द्र
मेयर–दिपक बुढा
उप मेयर–तारा साउँद

३ बडीमालिका नगरपालिका

नेपाली काँग्रेस
मेयर –पदम बडुवाल
उप मेयर– कबिता बिष्ट
एमाले
मेयर–गगन रावल
उप मेयर–गिता रावल
माओवादी केन्द्र
मेयर– मनबहादुर बिक
उप मेयर–कल्पना थापा
राप्रपा
मेयर– प्रकाश बिक
उप मेयर–

४ बुढीनन्दा नगरपालिका

कांग्रेस
मेयर –पदम कुमार गिरी
उप मेयर– रिता सिंह
एमाले
मेयर–जनक कुमार बोहरा
उप मेयर– श्रृष्टि रेग्मी

माओवादी केन्द्र
मेयर–भरत बिक
उप मेयर–रामकला बिक

गाउँपालिकाहरु
१ छेडेदह
कांग्रेस
अध्यक्ष – नरबहादुर रावत
उपाध्यक्ष– कुन्ती बुढा साउद
एमाले
अध्यक्ष– लालबहादुर ओली
उपाध्यक्ष– पबित्रा शाही
माओवादी केन्द्र
अध्यक्ष–दिपक डिसी
उपाध्यक्ष– कमला नेपाली

२ गौमूल गाउँपालिका

नेपाली कांग्रेस
अध्यक्ष – देबबहादुर रोकाया
उपाध्यक्ष– उमा रोकाया
एमाले
अध्यक्ष–हरी रोकाया
उपाध्यक्ष–सिता थापा

३ हिमाली गाउँपालिका
नेपाली कांग्रेस
अध्यक्ष – गोबिन्द मल्ल
उपाध्यक्ष– चन्द्रादेवी बुढा
एमाले
अध्यक्ष–अजबहादुर मल्ल
उपाध्यक्ष–राजकला सार्की
माओवादी केन्द्र
अध्यक्ष–मानबहादुर रोकाया
उपाध्यक्ष–

४ स्वामीकार्तिक
नेपाली कांग्रेस
अध्यक्ष – भरत रोकाया
उपाध्यक्ष– नैना जैशी
एमाले
अध्यक्ष–चिरञ्जीवी शाही
उपाध्यक्ष–मिमा बुढा
माओवादी केन्द्र
अध्यक्ष– रिउले बिक
उपाध्यक्ष–बिउरा रोकाया
राप्रपा
अध्यक्ष –श्रीकान्त शाही
नयाशक्ति– लोकन्द्र शाही

५ पाण्डवगुफा
नेपाली कांग्रेस
अध्यक्ष – सुन्दर बिष्ट
उपाध्यक्ष–तारा डडाल
एमाले
अध्यक्ष–कालीबहादुर शाही
उपाध्यक्ष– यैना गिरी
माओवादी केन्द्र
अध्यक्ष–मनलाल खत्री
उपाध्यक्ष– सुशीला बिष्ट

नयाँ शक्ति
नरी बिक

प्रकाशित : असार ४, २०७४ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?