बुटवलमा ९७ पदका लागि ४ सय ४९ उमेदवारी

बुटवल — बुटवल उपमहानगरपालिकामा ९७ पदका लागि ४ सय ४९ जनाको उमेदवारी दर्ता भएको छ । ६६ हजार ९० जना मतदाता रहेको बुटवलमा १९ वडा छन् । त्यसमा १६ मेयर र ११ उपमेयरमा उमेदवारी दर्ता गराए । ठूलो दल काग्रेसले उपमेयर र माओवादी केन्द्रले मेयरमा उमेदवारी दिएन ।

बुटवल उपमहानगरपालिकामा ९७ पदका लागि ४ सय ४९ जनाको उमेदवारी दर्ता भएको छ ।

६६ हजार ९० जना मतदाता रहेको बुटवलमा १९ वडा छन् । त्यसमा १६ मेयर र ११ उपमेयरमा उमेदवारी दर्ता गराए । ठूलो दल काग्रेसले उपमेयर र माओवादी केन्द्रले मेयरमा उमेदवारी दिएन ।

निर्वाचन अधिकृत भरतमणि पाण्डेका अनुसार मेयरमा ९ जना स्वतन्त्र र ७ जना दलबाट छन् । उपमेयरमा ६ जना स्वतन्त्र र ५ जना दलबाट छन् । नयाशक्ति र साना दलको गठबन्दनले पनि स्वतन्त्र उमेदवारी दिएका छन् ।

प्रकाशित : असार ४, २०७४ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?