२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कङ्गोमा नेपाली सेना तथा विद्रोहीबीच झडप

पाँच विद्रोहीको मृत्यु, दुई नेपाली सैनिक घाइते

काठमाडौं — अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यका लागि संयुक्त राष्ट्रसंघ अन्तर्गत ‘मोनुस्को’ मिशन कङ्गोमा कार्यरत नेपाली सेना र त्यहाँको विद्रोहीबीच झडप भएको छ । झडपमा पाँच विद्रोहीको मृत्यु भएको छ भने दुई नेपाली सैनिक घाइते भएका छन् । घाइते नेपाली सैनिकको अवस्था सामान्य रहेको र उनीहरुको परिवारलाई स्वास्थ्य अवस्थाबारे जानकारी गराइसकेको नेपाली सेनाले बताएको छ ।

कङ्गोमा नेपाली सेना तथा विद्रोहीबीच झडप

 

शम्शेरदल गण २३ औं डफ्फाको सैनिक गस्तीमाथि स्थानिय विद्रोही समूह माई–माईद्वारा भएको आक्रमणको प्रतिकार गर्दा नेपाली सेनाको २ जवान घाईते भएको सैनिक जनसम्पर्क निर्देशनालयले आइतबार जनाएको हो । उक्त झडपमा विद्रोहीतर्फ नेपाली शान्ति सैनिकले प्रहार गरेको गोली लागि ५ जना विद्रोहीको मृत्यु भएको छ । 

उक्त घटनामा विद्रोहीबाट बरामद भएका एके–४७ राईफल २ र सो को एम्युनिशन ५० राउण्ड कंगोको राष्ट्रिय सेना लाई बुझाइएको छ । गण रहेको स्थान बेनीबाट करिब २२ कि.मी. टाढा कवास भन्ने स्थानमा भएको उक्त झडप भएको र घाइते नेपाली सैनिकहरुको गोमास्थित युएनको लेवल ३ अस्पतालमा उपचार भई रहेको सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ । अहिले उक्त स्थानको स्थिति नियन्त्रणमा रहेको बताइएको छ ।

प्रकाशित : असार ४, २०७४ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?