कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्वतारोही पण्डितको अमेरिकामा निधन

काठमाडौं — पर्वतारोही सञ्जय पण्डितको अमेरिकामा निधन भएको छ । अमेरिकास्थित नेपाली राजदूताबास स्रोतले दिएको जानकारी अनुसार अलेस्कामा रहेको डेनाली हिमाल चढ्ने क्रममा उनको निधन भएको हो ।

पर्वतारोही पण्डितको अमेरिकामा निधन

करिब १७ हजार २ सय फिटमाथि हाइ अल्टिट्युड सिकनेसका कारण उनको निधन भएको हो । अमेरिकी आधिकारीक निकायबाट नेपाली राजदूतावासलाई यसको जानकारी गराइएको छ । उनको शवको खोजी कार्य जारी छ ।

पण्डित एभरेष्ट टु डेनाली २०१७ अभियानअन्तर्गत डेनाली चढ्न गएका थिए । उक्त समूहलाई टासी शेर्पाले नेतृत्व गरेका थिए ।

उनको जुन १६ मा निधन भएको दूतावासले जनाएको छ । एभरेष्ट टु डेनाली २०१७ अभियानअन्तर्गत जुन ३ मा गएर २६ मा फर्किने उनीहरुको योजना थियो ।

संसारका केही अग्ला चुचुरा आरोहण गरिसकेका पण्डितले सन् २०१३ मे १९ मा सगरमाथा आरोहण गरेका थिए ।

प्रकाशित : असार ४, २०७४ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?