भूमे गाउँपालिकामा ५ सदस्य निर्विरोध

हरि गौतम

रुकुम — असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका ५ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । भूमे गाउँपालिका–७, का ४ र सोही गाउँपालिका–६, का १ जना सदस्य गरी ५ जना सदस्य निर्विरोध भएका हुन् ।

वडा नम्वर ७ मा महिला सदस्य, दलित महिला सदस्य र अन्य २ जना सदस्य तथा ६ नम्वर वडाका दलित महिला सदस्य पदमा नेकपा माओवादी केन्द्रका तर्फबाट मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृत ज्ञानेन्द्र इटेनीले जानकारी दिए ।

उनका अनुसार ७ नम्वर वडाको महिला सदस्यमा मनकुमारी बुढा, दलित महिला सदस्यमा रामकुमारी सुनार तथा अन्य २ सदस्यमा धनिमान बुढा र रुपधन कामीको मात्रै उम्मेदवारी परेको छ भने वडा नम्वर ६ को दलित महिला सदस्यमा मीना सुनार एक्लैको उम्मेदवारी परेको छ ।

दाबी विरोध र नाम फिर्ता लिने लगायतका प्रक्रियापछि मात्रै निर्विरोध भएकाहरुको घोषणा गरिने निर्वाचन अधिकृत इटेनीले बताए । ४७ जना जनप्रतिनिधि चुनिने भूमे गाउँपालिकामा नेकपा माओवादीले ४७, नेपाली कांग्रेसले ३६, नेकपा एमालेले २८, राष्ट्रिय जनमोर्चा १ र स्वतन्त्रले १ पदमा उम्मेदवारी दिएका छन् ।

प्रकाशित : असार ५, २०७४ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?