कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

संयमता अपनाउन आयोगको आग्रह

काठमाडौं — निर्वाचन आयोगले सामाजिक सद्भाव राखी शान्तिपूर्ण तरिकाबाट राजनीतिक गतिविधि सञ्चालन गर्न सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई अपिल गरेको छ ।

संयमता अपनाउन आयोगको आग्रह

दोस्रो चरणको निर्वाचनको प्रचारप्रसारका क्रममा बाजुरालगायत जिल्लामा राजनीतिक दलका उम्मेदवार र कार्यकर्ताबीच झपड भई दुःखद् घटना भएपछि आयोगले निर्वाचनसँग सम्बन्धित गतिविधि सञ्चालन गर्दा संयमता अपनाउन अनुरोध गरेको हो । आयोगले यही असार १४ गते हुने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न असर पार्नेखालका कुनै पनि किसिमका घटना हुन नदिनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन पनि सरकारसँग आग्रह गरेको छ ।

आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा बाजुरा, छेडेदह – ५ डोगडीका हंसबहादुर राउतको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा गम्भीर घाइते भएकामा उपचारार्थ बाजुराको मार्तडीतर्फ लैजाने क्रममा उनको निधन भएको थियो ।

आयोगको सोमबारको बैठकले राउतप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यसैगरी उम्मेदवारी दर्ताकै क्रममा आइतबार कपिलवस्तु, बाडगङ्गा – ४ भित्री हुलाकी सडकखण्डमा बम विस्फोटमा परी १० व्यक्ति घाइते भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
–रासस

प्रकाशित : असार ५, २०७४ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?