कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

राष्ट्रिय जनता पार्टीका २२ नेता रिहा

नवलपरासी — निर्वाचन मनोनयन बिथोल्न सक्ने त्रासले दुई दिन अघि प्रहरीले नियन्त्रणमा लिएका राष्ट्रिय जनता पार्टी (राजपा) का २२ नेता कार्यकर्ता सोमबार रिहा भएका छन् ।

निर्वाचन मनोनयनको अघिल्लो दिन पक्राउ परेका राजपाका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरी, जिल्ला संयोकज पुरन चौधरीलगायतका नेता कार्यकर्ताहरुलाई सोमबार प्रहरीले सामान्य तारेखमा छाडेको हो ।

निर्वाचन मनोनयन बिथोल्न सक्ने त्रासले दुई दिन अघि प्रहरीले नियन्त्रणमा लिएका राष्ट्रिय जनता पार्टी (राजपा) का २२ नेता कार्यकर्ता सोमबार रिहा भएका छन् ।

निर्वाचन मनोनयनको अघिल्लो दिन पक्राउ परेका राजपाका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरी, जिल्ला संयोकज पुरन चौधरीलगायतका नेता कार्यकर्ताहरुलाई सोमबार प्रहरीले सामान्य तारेखमा छाडेको हो ।

उनीलाई गत शनिबार र आइतबार जिल्लाका बिभिन्न स्थानवाट पक्राउ गरेर इलाका प्रहरी कार्यालय गैडाकोट र रजहरमा राखिएको थियो । आइतबार अनुसन्धान गर्न भन्दै एक साताको म्याद थपेको प्रहरीले सोमवार छोडेको हो ।

केन्द्रीय बिद्यार्थी फ्रन्टका केन्द्रीय सदस्य करम हुसेन अन्सारीले मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा हाजिर गर्ने हुने गरी आफूलाई छाडिएको जानकारी दिए ।

उनीसहित ७ जनालाई प्रतापुरस्थित निर्वाचन कार्यालयमा आइतबार उम्मेदवारी मनोनयनका समयमा नाराबाजी गरेको भन्दै प्रहरीले पक्राउ गरेर इलाका प्रहरी कार्यालय गैंडाकोटमा राखेको थियो ।

नवलपरासीका एसपी राजेन्द्र चौधरीले पक्राउ गरिएकालाई छाडिएको जानकारी दिए ।

प्रकाशित : असार ५, २०७४ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?