२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

खैरो हिरोइन कारोबारीलाई १२ वर्ष ३ महिना कैद

प्रताप विष्ट

हेटौडा — लागू औषधको एक कारोबारी युवकलाई जिल्ला अदालत मकवानपुरले १२ वर्ष ३ महिना कैद गर्ने फैसला गरेको छ । अदालतलले उनलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना पनि गरेको छ ।

जिल्ला न्यायाधीश दयाराम ढकालको सोमबार बसेको इजलासले वीरगन्ज घर भई हेटौंडामा बस्दै आएका  ३१ सुरज खड्कालाई खैरो हिरोइन कारोबार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । 

३३ ग्राम खैरोहिरोइनसहित खड्कालाई प्रहरीले ०७३ साल मंसिर १८ गते हेटौडा उपमहानगरपालिका रातोमाटेबाट पक्राउ गरेको थियो ।

 

प्रकाशित : असार ५, २०७४ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?