कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असार १४ गते सार्वजनिक बिदा दिन निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं — निर्वाचन आयोगले असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ ।

प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका सरकारी, अर्धसरकारी कार्यालयमा कार्यरत अधिकाश कर्मचारी मतदान कार्यमा परिचालित हुने र सार्वजनिक सेवा प्रवाह गर्न कठिनाई हुने भएकाले सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन आयोगले गृह मन्त्रालयलाई प्रस्ताव गरेको छ ।

असार १४ गते सार्वजनिक बिदा दिन निर्वाचन आयोगको प्रस्ताव

निर्वाचन आयोगले असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ ।

प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका सरकारी, अर्धसरकारी कार्यालयमा कार्यरत अधिकाश कर्मचारी मतदान कार्यमा परिचालित हुने र सार्वजनिक सेवा प्रवाह गर्न कठिनाई हुने भएकाले सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन आयोगले गृह मन्त्रालयलाई प्रस्ताव गरेको छ ।

प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनमा अधिकांश मतदान केन्द्र सार्वजनिक एवम् संस्थागत विद्यालय वा क्याम्पसजस्ता शैक्षिक संस्थामा तोकिएकाले चुनाव हुने दिन सार्वजनिक एवम संस्थागत विद्यालय र क्याम्पसमा २०७४ असार ११ देखि २०७४ असार १४ गतेसम्म ४ दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन आयोगको सोमबारको वैठकले शिक्षा मन्त्रालयलाई पत्रचार गर्ने निर्णय भएको छ ।

आयोगले सार्वजनिक वा संस्थागत विद्यालय वा क्याम्पसमा मतगणना हुने अवस्थामा मतगणना कार्य सम्पन्न नभएसम्म उक्त विद्यालय वा क्याम्पस भवन र परिसर उपलब्ध गराइ दिन पनि आयोगलाई पत्र लेख्ने भएको छ ।

कतिपय मतदान केन्द्र गाउँपालिका तथा नगरपालिकाका वडा कार्यालय, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्रलगायतका सार्वजनिक भवन र परिसरमा रहेकाले मतदान प्रयोजनका लागि त्यस्ता भवन र परिसर उपलब्ध गराउन सम्वन्धित निकायलाई पत्राचार गर्ने निर्णय भएको छ ।

प्रकाशित : असार ५, २०७४ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?