१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आरोही पण्डितको शव नेपाल पठाउने प्रक्रिया सुरु

दिनेशजंग शाह

न्यूयाेर्क — हिमाल आरोहणको क्रममा गत शुक्रबार निधन भएका आरोही एवम ‘अल्ट्रा’धावक सञ्जय पण्डितको शवलाई नेपाल पठाउने प्रक्रिया सुरु भएको छ । वासिङटन डिसीस्थित नेपाली दुतावासका अनुसार मंगलबार सम्म त्यसका लागि कागजी प्रक्रिया पूरा गरिनेछ ।

आरोही पण्डितको शव नेपाल पठाउने प्रक्रिया सुरु

हिमाल आरोहणको क्रममा गत शुक्रबार निधन भएका आरोही एवम ‘अल्ट्रा’ धावक सञ्जय पण्डितको शवलाई नेपाल पठाउने प्रक्रिया सुरु भएको छ । वासिङटन डिसीस्थित नेपाली दुतावासका अनुसार मंगलबार सम्म त्यसका लागि कागजी प्रक्रिया पूरा गरिनेछ ।

दुतावासका प्रवक्ता जीवनप्रकाश श्रेष्ठले कान्तिपुरसँग भने ‘ट्राभल्स डकुमेन्टका लागि दुतावासलाई अनुरोध आएको छ । पोष्टमार्टमको रिपोटलाई पर्खिरहेका छौं ।’

श्रेष्ठका अनुसार शवलाई हाल अलास्कास्थित टेक्नो टाउनमा राखिएको छ । अलास्का राज्यस्थित उत्तर अमेरिकाकै सबैभन्दा ठूलो हिमाल मानिने डेनालीको आरोहणको क्रममा पण्डितको निधन भएको थियो ।

बीस हजार तीन सय १० फिट उचाई रहेको हिमाल आरोहणको क्रममा हाई अल्टिच्युटका कारण पण्डितको निधन भएको बताईए पनि मौसममा आएको अचानक परिवर्तनले घटना घटेको हुनसक्ने आशंका गरिएको छ ।

प्रकाशित : असार ५, २०७४ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?