कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुलामा दलित महिला सदस्य निर्विरोध

मनोज बडू

दार्चुला — दोस्रो चरणको स्थानीय तह निर्वाचनको क्रममा आईतबार भएको मनोनयन दर्ता गर्ने क्रममा ब्यास गाउँपालिका ५ नम्वर वडाकी दलित महिला सदस्यमा कांग्रेसबाट माल्ती लोहारको एकल उम्मेदवारी परेको हुनाले निर्विरोध चयन भएकी छिन् ।

ब्यास गाउँपालिकामा एक जना महिला निर्विरोध निर्वाचित भएकी छन् ।

अन्य दलहरुबाट दलित महिला सदस्यमा अन्य दलको उम्मेदवारी नआएपछि लोहार निर्विरोध चयन भएकी ब्यास गाउँपालिकाका सहायक निर्वाचन अधिकृत गोविन्द केसीले जानकारी दिए ।

जिल्लाका ९ वटै स्थानीय तहमा स्वतन्त्रसहित एक हजार १८ जनाले विभिन्न पदहरुमा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित : असार ५, २०७४ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?