२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दोस्रो चरणमा ६६ हजार ९ सय २३ उम्मेदवार

राजेश मिश्र

काठमाडौं — स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा ६६ हजार ९ सय २३ उम्मेदवारी परेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका/नगरपालिकामा नेतृत्व चयनका लागि असार १४ गते निर्वाचन हुँदैछ । आइतबार भएको उम्मेदवारी मनोनयन विवरण अनुसार ७ पदका लागि ६६ हजार बढी उम्मेदवारी परेको हो ।

दोस्रो चरणमा ६६ हजार ९ सय २३ उम्मेदवार

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जिल्लाबाट प्राप्त तथ्यांकहरुलाई अन्तिम रुप दिने काम भइरकोले विवरण केही हेरफेर हुनसक्ने बताए । 

दोस्रो चरणमा १ महानगर, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुन लागेको छ । तीन प्रदेशमा वडा संख्या २ हजार ८ सय ७४ छन् । ती स्थानमा १५ हजार ३८ जनप्रतिनिधी चुनिने छन् । नगरप्रमुख/अध्यक्ष पदमा २ हजार ३ सय २७, उपप्रमुख/उपाध्यक्ष पदमा २हजार ७ सय ७६, वडाध्यक्षमा १४ हजार ७६, खुला सदस्यमा २२ हजार ३ सय ५०, महिला सदस्यमा ११ हजार ४ सय ५ र दलित महिला सदस्य पदमा १३ हजार ९ सय ८९ जनाको उम्मेदवारी परेको छ । 

सबैभन्दा बढी उम्मदेवार प्रदेश नम्बर १ मा (२९ हजार १ सय ३८), प्रदेश नम्बर ५ मा (२३ हजार ३ सय ३५) र प्रदेश नम्बर ७ मा (१४ हजार ४ सय ५०) जनाको उम्मेदवारी परेको छ । प्रदेश नम्बर १ मा एक महानगर, २ उपमहानगर, ४६ नगरपालिका र ८८ गाउँपालिकासहित १ सय ३७ स्थानीय तह छन् । प्रदेश नम्बर ५ मा चार उपमहानगर, ३२ नगरपालिका र ७३ गाउँपालिकासहित १ सय ९ स्थानीय तह छन् । प्रदेश नम्बर ७ मा एक उपमहानगर, ३३ नगरपालिका र ५४ गाउँपालिका सहित कुल ८८ स्थानीय तह छन् । 

उपमेयर र उपाध्यक्ष पदमा महिलाको उम्मेदवारी बढी परेको छ । एउटै राजनीतिक दलले नगरपालिकाको प्रमुख/उपप्रमुख वा गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष पदमा उम्मेदवारी दिंदा दुईमध्ये एउटा पदमा अनिवार्य महिलालाई उम्मेदवार बनाउनुपर्ने कानुनी प्रावधान छ । पहिलो चरणमा २८३ स्थानीय तहमा १३ हजार ५ सय ५६ पदका लागि भएको निर्वाचनमा ४९ हजार ३ सय ३७ जनाको उम्मेदवारी परेको थियो । 

प्रकाशित : असार ५, २०७४ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?