२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१
समाचार

News

प्रतिष्ठाको लडाईमा ओली र सिटौला

असार १४ को चुनाव झापामा एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका लागि प्रतिष्ठाको सवाल बनेको छ । केन्द्रीय राजनीतिका दुई हस्तीलाई आआफ्नो गृहनगरमा चुनाव जित्न चुनौतीका पहाडहरु पन्छ्याउनु परिरहेको छ ।

प्रतिष्ठाको लडाईमा ओली र सिटौला

अफगानिस्तानमा ५ सय नेपालीको रोजगारी जोखिममा

अफगानिस्तानको ग्रिन जोन (सुरक्षित क्षेत्र) स्थित ‘अमेरिकन नेटो बेसक्याम्प’ भित्र कार्यरत झन्डै ५ सय नेपाली कामदारको रोजगारी जोखिममा परेको छ । नेपाल सरकारले रोजगारदाता कम्पनीलाई सहजीकरण नगरिदिँदा त्यहाँ कार्यरतहरू कामविहीन हुनुपर्ने अवस्था आएको हो ।

अफगानिस्तानमा ५ सय नेपालीको रोजगारी जोखिममा

नेपाल चीन सम्बन्ध नयाँ ‘फ्रेम’ मा अघि बढ्दै

छिमेकी चीनको महत्वकांक्षी योजना बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई) मा नेपालले दिएको साथले दुई देशबीचको सहकार्यलाई नयाँ ‘फ्रेम’ मा अघि बढेको विश्वास चीन सरकारको छ ।

नेपाल चीन सम्बन्ध नयाँ ‘फ्रेम’ मा अघि बढ्दै

प्रत्येक स्थानीय तहमा ४० करोड रुपैयाँ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रत्येक स्थानीय तहमा न्यूनतम ४० करोड रकम बिनियोजन गरिएको वताएका छन ।

प्रत्येक स्थानीय तहमा ४० करोड रुपैयाँ : प्रचण्ड

विश्व योग दिवस कै दिन रामदेवका थप ६ औषधि सरकारद्वारा गुणस्तरहीन ठहर

सरकारले विश्व योग दिवस कै दिन बाबा रामदेवको दिव्य फार्मेसी, उक्तराखण्ड, भारतबाट उत्पादित र पतन्जली आयुर्वेद केन्द्रबाट विक्रि वितरण हुने ६ वटा औषधिलाई गुणस्तरहिन बताउँदै बजारबाट तुरन्त फिर्ता लिन आदेश दिएको छ ।

विश्व योग दिवस कै दिन रामदेवका थप ६ औषधि सरकारद्वारा गुणस्तरहीन ठहर

स्तन क्यान्सर पत्ता लगाउने मेमोग्राम मेसिन किनेको दश बर्षपछि सञ्चालनमा

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा मेमोग्राम मेसिन (स्तन क्यान्सर पत्ता लगाउने) ल्याएको दश बर्षपछि सञ्चालनमा ल्याइएको छ । स्तन क्यान्सर भएको छ वा छैन भनी थाहा पाउन लागि गरिने स्तनको एक्सरे (मेमोग्राम) खरिद भएको दश वर्षपछि मात्र यो मेसिन सञ्चालनमा आएको हो ।

स्तन क्यान्सर पत्ता लगाउने मेमोग्राम मेसिन किनेको दश बर्षपछि सञ्चालनमा

जेल गए दुई पूर्वआईजीपी

सर्वोच्च अदालतले बहुचर्चित सुडान घोटालामा दोषी ठहर्‍याएका दुई पूर्वआईजीपी, एक पूर्वएआईजी र एक पूर्वडीआईजीले बुधबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् । भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहर (वैशाख १७) भएको ५१ दिनपछि सर्वोच्च पुगेका पूर्वआईजीपीद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ तथा पूर्वएआईजी दीपक थाङ्देन र पूर्वडीआईजी दीपक श्रेष्ठलाई कैद भुक्तानका निम्ति सदरखोर डिल्लीबजार चलान गरिएको छ ।

जेल गए दुई पूर्वआईजीपी

गोलाप्राथद्वारा भूकम्पपीडितलाई ट्याक्सी नम्बर

गोलाप्रथा प्रणालीद्वारा सरकारले भूकम्पपीडितलाई ट्याक्सी नम्बर उपलब्ध गराउन सुरु गरेको छ ।बुधबारदेखि यातायात व्यवस्था विभागले ललितपुरको च्यासलमा गोलाप्रथाद्वारा चिठ्ठा खोल्ने प्रक्रिया सुरु गरेको छ । तीनदिनसम्म उक्त प्रक्रिया जारी रहने विभागले जनाएको छ ।

गोलाप्राथद्वारा भूकम्पपीडितलाई ट्याक्सी नम्बर

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अमेरिकी सेनालाई 'विरता पदक'

नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले २०७२ सालमा आएको विनासकारी भूकम्प पश्चात उद्दार कार्यको सिलसिलामा सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटनामा परि दिवंगत भएका अमेरिकी सैनिकहरुलाई उनीहरुको अतुलनिय योगदानको कदर स्वरुप नेपाल सरकारबाट दिइएको ‘वीरता पदक’ प्रदान गरेका छन् ।

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अमेरिकी सेनालाई 'विरता पदक'

प्रधानमन्त्रीसँग नेता, कार्यकर्ता धरपकड रोक्न राजपाको माग

राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार भेटी मुलुकका विभिन्न स्थानमा आफ्ना नेता तथा कार्यकर्तामाथि भइरहेको भनिएको आक्रमण तथा धरपकड रोक्न आग्रह गरेको छ ।

 प्रधानमन्त्रीसँग नेता, कार्यकर्ता धरपकड रोक्न राजपाको माग

जिल्ला प्रथमलाई उच्च शिक्षाको चिन्ता

सामुदायिक विद्यालयको तर्फबाट जिल्ला प्रथम भएका दाप्चा माध्यमिक विद्यालयका विपुलकुमार झालाई उच्च शिक्षाको चिन्ता सुरु भएको छ । बाबु अमोदको कमाईले ७ जनाको परिवार पाल्नुपर्ने बाध्यता भएका उनको परिवारलाई छोरालाई कसरी पढाउने भन्ने चिन्ता थपिएको हो ।

जिल्ला प्रथमलाई उच्च शिक्षाको चिन्ता

जुगु काण्डमा जिल्ला अदालत दोलखाको आदेश शंकास्पद रहेको न्याय परिषद्को ठहर

न्याय परिषद्ले दोलखाको जुगु हत्या प्रकरणमा जिल्ला अदालत दोलखाले गरेको आदेश शंकास्पद भन्दै छानबीनका लागि फाइल (मिसिल) झिकाउने निर्णय गरेको छ । उक्ता मुद्दामा भएको आदेशमा उल्लेख रहेका तथ्य प्रमाणहरुमा प्रारम्भिक चरणमा छानबीन गर्नुपर्ने आवश्यक भएकोले फाइल झिकाउने निर्णय गरिएको न्याय परिषद् सदस्य रामप्रसाद सिटौलाले कान्तिपुरलाई बताए ।

जुगु काण्डमा जिल्ला अदालत दोलखाको आदेश शंकास्पद रहेको न्याय परिषद्को ठहर

लुक्लामा पर्यटक अलपत्र

बाक्लो हुस्सु र लगातारको वर्षाका कारण लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा छ दिनदेखि उडान अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । यही असार १ गते विमानस्थलमा जहाज अवतरण भएको थियो । त्यसयता कुनै पनि उडान हुन नसकेको तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाले जानकारी दिए । तारा एअरको २० भन्दा बढी उडान स्थगित भएको छ । अन्य एअरलाइन्सले समेत सबै उडान स्थगन गरेका छन् ।

बिरामीको मृत्यु भएपछि नागरिक अस्पतालमा तनाव

बिरामीको मृत्यु भएपछि गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा तनाव उत्पन्न भएको छ । चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले अस्तपालमा तोडफोड समेत गरेका छन् । अहिले पनि अस्पतालमा प्रहरी र मृतकका आफन्तबीच झडप भइरहेको छ ।

प्रहरी संगठनभित्र गुटबन्दी गरे कारबाही : गृहमन्त्री शर्मा

गृहमन्त्री जनार्दन शर्माले प्रहरी संगठनलाई अनुशासित र मर्यादित बनाउनु पर्ने स्पष्ट पार्दै संगठनभित्र गुट-उपगुट, राजनीतिक गन्ध, गुटबन्दी गरेको पाइए राज्यलाई स्वीकार्य नुहने र त्यस्तामा संलग्नलाई कारबाही गर्ने चेतावनी दिए ।

प्रहरी संगठनभित्र गुटबन्दी गरे कारबाही : गृहमन्त्री शर्मा

सरकारमा सहभागिताबारे राप्रपामा ठूलो विवाद

सरकारमा जाने वा नजाने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा ठूलो विवाद देखापरेको छ । विवाद र चुनाव अगाडि सरकारमा नजानका लागि पार्टीभित्र दबाब बढेपछि राप्रपाले सरकारमा सहभागिताबारे दोस्रो चरणको स्थानीय तह चुनावपछि मात्र निर्णय गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि चुनाव पछाडि नै सरकार विस्तार गरिने गरेका छन् ।

सरकारमा सहभागिताबारे राप्रपामा ठूलो विवाद

देउवा सरकार अराजक : गौतम

एमाले उपाध्यक्ष वामदेव गौतमले देउवा सरकार अराजक र नैतिकहीन भएको आरोप लगाएका छन् । वर्तमान गठबन्धन सरकार अन्तर्राष्ट्रिय कानुनविपरीत टिकापुर घटनाका अपराधीलाई आममाफी दिनु र अभियोगीलाई क्षतिपूर्ति उपलब्ध गराउनु नैतिकहीन भएको गौतमले बताएका छन् ।

देउवा सरकार अराजक : गौतम

चारकिलोमा पहिरो, मुग्लिन सडक बन्द

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा बुधबार बिहान खसेको पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रातिको समयमा पहिरो खसेपछि बिहान ३ बजेसम्म एकतर्फी गाडी चलेपनि विहान ४ बजेदेखि यातायात पूर्णरुपमा बन्द भएको हो ।

चारकिलोमा पहिरो, मुग्लिन सडक बन्द

विप्लव समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ

स्थानीय तह निर्वाचनलाई प्रभावित पार्न सक्ने भन्दै प्रहरीले धनकुटाका विभिन्न स्थानबाट नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको छ । चार जनालाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

विप्लव समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ

४ ठाउँमा कांग्रेसका बागी

चार स्थानीय तहमा कांग्रेसका बागी उम्मेदवार भएपछि एमाले र माओवादी केन्द्र मौका छोप्ने दाउमा लागेका छन् । उम्मेदवार छनोटदेखि नै असन्तुष्ट कांग्रेस नेतालाई फकाएर मत आफ्नो हातमा पार्न एमाले, माओवादी लागिपरेका छन् ।

संवेदनशील क्षेत्रमा सेना

आसन्न स्थानीय तहको निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई ध्यन दिई नेपाली सेनाले महत्त्वपूर्ण स्थानहरूको सुरक्षा गर्न थालेको छ । भौगोलिक विकटता र मौसमको हिसाबले पाँचथरलाई समेत संवेदनशील क्षेत्रका रूपमा लिएको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

एमाले उम्मेदवारको घरमा बम विस्फोट

एमाले उम्मेदवारको घरमा मंगलबार राति बम विस्फोट भएको छ । रुपाकोट मझुवागढी नगरपालिका वडा नं ८ का अध्यक्षमा एमालेबाट उम्मेदवारी दिएकी लीला चौहानको घरमा मंगलबार राति बम विस्फोट भएको हो ।

सीमामा संयुक्त गस्ती

महाकाली नगरपालिकामा स्थानीय तह चुनाव सुरक्षा मध्यनजर गर्दै सीमा क्षेत्रमा संयुक्त गस्ती सुरु गरिएको छ । दशगजा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले संयुक्त गस्ती थालेका हुन् ।

शिक्षकको कुटाइले हात भाँचियो

विद्यार्थीबीचको झगडालाई लिएर प्रधानाध्यापकले यातना दिँदा एक विद्यार्थीको हात भाँचिएको छ । तानसेन–११ बन्दीपोखरास्थित गार्गी माविका प्रअ यादवप्रसाद घिमिरेको कुटाइबाट कक्षा ४ मा अध्ययनरत १३ वर्षीय विक्रम बम्रेलको हात भाँचिएको हो ।

पारि रौनक, वारि उराठ

रसुवागढीस्थित भोटेकोसी नदीको तीरमा उभिएर चीन र नेपालतर्फ एकसाथ हेर्दा दुई फरक दृश्य देखिन्छन् ।नेपालतर्फ हेर्दा प्रहरीहरू टेन्ट र जस्ताका टहरामा बसेर काम गरिरहेका छन् । एउटै व्यवस्थित कार्यालय छैनन् । साँघुरो, ग्राभेल बिग्रिएर खाल्डैखाल्डायुक्त सडक । भूकम्पमा झरेको पहिरो चिनियाँले नै एउटा गाडी मात्र छिर्ने गरी आंशिक पन्छाइदिएका ।

पारि रौनक, वारि उराठ

नेपाली प्रभावित छैनन् : कतार

कतारले आफ्नो देशमा कार्यरत नेपाली कामदारलाई नाकाबन्दीबाट कुनै असर नपरेको जनाएको छ । श्रममन्त्री फरमुल्लाह मन्सुरसँगको सोमबारको भेटमा नेपालका लागि कतारी राजदूत युसुफ मोहम्मद अल हैलीले नेपालीको जीवन शान्त रहेको जनाए ।

गृहमन्त्री रात्रि चुनावी सभामा

गृहमन्त्री जनार्दन शर्मा सोमबार राति खजुरा गाउँपालिका रनियापुरमा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभामा सहभागी भए । राति १० बजेसम्म चलेको सभालाई सम्बोधन गर्दै उनले पार्टीका उम्मेदवाहरूलाई जिताउन आग्रह गरे ।

गृहमन्त्री रात्रि चुनावी सभामा