कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विप्लव समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ

धनकुटा — स्थानीय तह निर्वाचनलाई प्रभावित पार्न सक्ने भन्दै प्रहरीले धनकुटाका विभिन्न स्थानबाट नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको छ । चार जनालाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

विप्लव समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ

यसक्रममा मंगलबार राति हिले बजारबाट उक्त पार्टीका युवा संगठनका सदस्य कर्ण ज्ञवालीलाई नियन्त्रणमा लिइएको छ । यसअघि उक्त समूहका जिल्ला इन्चार्ज आकाश शर्मासहित जिल्ला सदस्य राजन अधिकारी र रणबहादुर राईलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी सुदीप राजभण्डारीले जानकारी दिए । 

पक्राउ परेका अधिकारीले प्रयोग गर्ने मोटरसाइल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ गरिएका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जनाइएको छ । 

प्रकाशित : असार ७, २०७४ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?