कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

देउवा सरकार अराजक : गौतम

कमल पन्थी

गुलरिया — एमाले उपाध्यक्ष वामदेव गौतमले देउवा सरकार अराजक र नैतिकहीन भएको आरोप लगाएका छन् । वर्तमान गठबन्धन सरकार अन्तर्राष्ट्रिय कानुनविपरीत टिकापुर घटनाका अपराधीलाई आममाफी दिनु र अभियोगीलाई क्षतिपूर्ति उपलब्ध गराउनु नैतिकहीन भएको गौतमले बताएका छन् ।

देउवा सरकार अराजक : गौतम

एमाले उपाध्यक्ष वामदेव गौतमले देउवा सरकार अराजक र नैतिकहीन भएको आरोप लगाएका छन् ।

वर्तमान गठबन्धन सरकार अन्तर्राष्ट्रिय कानुनविपरीत टिकापुर घटनाका अपराधीलाई आममाफी दिनु र अभियोगीलाई क्षतिपूर्ति उपलब्ध गराउनु नैतिकहीन भएको गौतमले बताएका छन् ।

प्रेस चौतारी, बर्दियाद्वारा गुलरियामा बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । स्थानीय निकाय निर्वाचन विदेशीको ईशारामा सार्नुले अराजकता निम्ताएको उनले भने,‘मुट्ठी भरका राजपा नेता समुदायको पार्टी बनेका छन् त्यो संविधानले बन्देज लगाएको छ ।’सञ्चारकर्मीको जिज्ञासामा यो सरकारले संविधानको उल्लंघन गर्दै निर्वाचन आचारसंहिताका उल्लंघन गरेको उनले बताए । चुनाव पटक पटक सार्नु राज्यको ढुकुटी दुरुपयोग भएको छ उनले भने,‘दोस्रो चरणको निर्वाचनमा मधेसमा एमालेले अधिकांश ठाउँमा विजयी हुने डरले राजपाका नेता चुनावदेखि भागेका हुन् ।’

गोर्खाल्यान्ड भारतको आन्तरिक मामला
पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री भएका गौतमले भारतको दार्जिलिङमा भइरहेको गोर्खाल्यान्डको माग आन्तरिक मामला भएको बताए । उनले नेपालभित्र विदेशीको हस्तक्षेप कुनै पनि हालतमा स्वीकार नहुने बताएका छन् । सञ्चारकर्मीको जिज्ञासामा भारतको आन्तरिक मामला भएकोले गोर्खाल्यान्डका बारेमा केही बोल्न मिल्दैन गौतमले बताए ।

प्रकाशित : असार ७, २०७४ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?