२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सरकारमा सहभागिताबारे राप्रपामा ठूलो विवाद

निर्वाचनपछि मात्र निर्णय लिने

काठमाडौं — सरकारमा जाने वा नजाने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा ठूलो विवाद देखापरेको छ । विवाद र चुनाव अगाडि सरकारमा नजानका लागि पार्टीभित्र दबाब बढेपछि राप्रपाले सरकारमा सहभागिताबारे दोस्रो चरणको स्थानीय तह चुनावपछि मात्र निर्णय गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि चुनाव पछाडि नै सरकार विस्तार गरिने गरेका छन् ।

सरकारमा सहभागिताबारे राप्रपामा ठूलो विवाद

सरकारमा जाने वा नजाने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा ठूलो विवाद देखापरेको छ ।

विवाद र चुनाव अगाडि सरकारमा नजानका लागि पार्टीभित्र दबाब बढेपछि राप्रपाले सरकारमा सहभागिताबारे दोस्रो चरणको स्थानीय तह चुनावपछि मात्र निर्णय गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि चुनाव पछाडि नै सरकार विस्तार गरिने गरेका छन् ।

राप्रपा प्रवक्ता भुवन पाठकले आफ्नो पार्टीले चुनावलाई प्राथमिकतामा राखेकाले सरकारमा जाने वा नजाने विषयलाई महत्व नदिएको बताए । नयाँ सरकार गठनका बेलामा नेपाली कांग्रेसले तत्कालीन प्रधानमन्त्रीका उम्मेदवार एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा मतदान गरी सरकारमा सहभागी हुन आग्रह गरेको भए पनि सरकार गठनका समय बेवास्ता गरेपछि सरकारमा नजानका लागि पार्टीको एउटा समूहले दबाब दिएको प्रवक्ता पाठकले जानकारी दिए ।

गणतान्त्रिक व्यवस्थाको सरकारमा पार्टी सहभागी भएका कारण चुनावमा पराजय भोग्न परेको राप्रपाका केही नेताको भनाइ छ । अहिले चुनाव हुन लागेका सबै स्थानमा पार्टीले सक्रियता बढाउने र राम्रो सफलता कायम गर्नका लागि शीर्ष नेतृत्वलाई चुनावी क्षेत्रमा जान निर्देशन दिएको छ । रासस

प्रकाशित : असार ७, २०७४ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?