कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बिरामीको मृत्यु भएपछि नागरिक अस्पतालमा तनाव

लीला श्रेष्ठ

भक्तपुर — बिरामीको मृत्यु भएपछि गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा तनाव उत्पन्न भएको छ । चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले अस्तपालमा तोडफोड समेत गरेका छन् । अहिले पनि अस्पतालमा प्रहरी र मृतकका आफन्तबीच झडप भइरहेको छ ।

दोलखा भीमेश्वर नगरपालिका-५ की ३८ वर्षीया उषा बस्नेतको मृत्यु भएपछि अस्पतालमा झगडा सुरु भएको हो । सामान्य छाती दुखेको निहुँमा उपचार गर्न गएकी बस्नेतको इन्जेक्सन दिएका कारण मृत्यु भएको उनका आफन्तको आरोप छ ।

प्रकाशित : असार ७, २०७४ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?