हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अमेरिकी सेनालाई 'विरता पदक'

काठमाडौं — नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले २०७२ सालमा आएको विनासकारी भूकम्प पश्चात उद्दार कार्यको सिलसिलामा सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटनामा परि दिवंगत भएका अमेरिकी सैनिकहरुलाई उनीहरुको अतुलनिय योगदानको कदर स्वरुप नेपाल सरकारबाट दिइएको ‘वीरता पदक’ प्रदान गरेका छन् ।

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अमेरिकी सेनालाई 'विरता पदक'

काठमाडांैस्थित अमेरिकी सैनिक सहचारी प्रमुख सेनानी ग्रेगोरी डी पाइप्सलाई हस्तान्तरण गरेका थिए । भूकम्पपछि उद्धारकार्यका बेला सिन्धुपाल्चोक जिल्लामा भएको हेलिकप्टर दुर्घटनामा परि अमेरिकी सेनाका ६ जनासहित २ नेपाली सेनाका सैनिकहरुले वीरगति प्राप्त गरेका थिए ।

प्रधानसेनापति क्षेत्रीले सो अवसरमा सरकारले २०७३ सालमा प्रदान गरेको विभूषण, अलङ्कार तथा पदकहरु नेपाली सेनाका रथीवृन्द, अधिकृत, अन्यदर्जा तथा कर्तव्य पालनाको सिलसिलामा वीरगत प्राप्त सकलदर्जालाई प्रदान गरेका थिए ।

प्रकाशित : असार ७, २०७४ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?