कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

गोलाप्राथद्वारा भूकम्पपीडितलाई ट्याक्सी नम्बर

गोलाप्रथा गरेर १५०० ट्याक्सी नम्बर दिइने

काठमाडौं — गोलाप्रथा प्रणालीद्वारा सरकारले भूकम्पपीडितलाई ट्याक्सी नम्बर उपलब्ध गराउन सुरु गरेको छ ।बुधबारदेखि यातायात व्यवस्था विभागले ललितपुरको च्यासलमा गोलाप्रथाद्वारा चिठ्ठा खोल्ने प्रक्रिया सुरु गरेको छ । तीनदिनसम्म उक्त प्रक्रिया जारी रहने विभागले जनाएको छ ।

गोलाप्राथद्वारा भूकम्पपीडितलाई ट्याक्सी नम्बर

पहिलो दिन काभ्रे, नुवाकोट र रामेछापका जिल्लाका आवेदकहरुबाट छनोट गरिए छ । नुवाकोटका १ सय २५, काभ्रे २ सय १ र रामेछाप १ सय ६४ जना गोलाप्रथाद्वारा ट्याक्सी नम्बरका लागि छनोट भएका छन् । 


गत वर्ष साउन महिनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी किन्न आवेदन माग गरेको थियो ।  १५ सय ट्याक्सीका लागि १ लाख ४८  हजारभन्दा बढी आवेदन परेका छन् । आवेदन दिएका भूकम्पपीडितलाई गोलाप्रथाबाट छनोट गरी १५ सय जनालाई ट्याक्सी नम्बर दिइनेछ । २०७२ जेठ २८ मा मन्त्रालयले भूकम्पपीडितलाई ट्याक्सीको अनुमति दिने निर्णय गरेको थियो । तर, यातायात व्यवसायीको दबाबले मन्त्रालय र यातायात व्यवस्था विभागले उक्त निर्णय कार्यान्वयन गर्न ढिलाइ गरेका थिए । दोलखा, गोरखा, सिन्धुपाल्चोक, काभे, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुंगा गरी १४ जिल्लालाई सरकारले भूकम्पबाट अति प्रभावित जिल्लामा सूचीकृत गरेको छ ।
ट्याक्सीमा भन्सार छुट तथा कुनै पनि सहुलियत भने नभएको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले बताए ।


सूचना जारी गर्दा पीडित आफैं सक्कल प्रमाणपत्रसहित उपस्थित हुनुपर्ने र एकजनाले एकभन्दा बढी आवेदन दर्ता गर्न नपाइने व्यवस्था गरेको उनले बताए । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिका पालामा ३ हजार ३ सय ५० वटा नयाँ ट्याक्सी थप्ने निर्णय भएको थियो । त्यसमध्ये सर्वसाधारणलाई ७ सय, यातायात व्यवसायीलाई ६ सय ५० र ट्याक्सी चालकलाई ५ सय नयाँ ट्याक्सी दिने निर्णय भएको थियो ।
सर्वसाधारण, यातायात व्यवसायी र ट्याक्सी चालकले गोलाप्रथाबाट ट्याक्सी प्राप्त गरिसकेका छन् । नयाँ ट्याक्सी थप्दा भाडा दर र ट्याक्सीको मूल्य घट्ने भन्दै भूकम्पपीडितका नाममा थप ट्याक्सी नभित्र्याउन ट्याक्सी व्यवसायीले दबाब दिँदै आएका छन् ।


विभागका अनुसार उपत्यकामा हाल ७ हजार ट्याक्सी छन् । तीमध्ये ५ हजार ६ सय ५० पुराना र १ हजार ८ सय ५० नयाँ ट्याक्सी छन् । दिउँसो प्रतिकिमि ३५ रुपैयाँ र राति प्रतिकिमि ५४ रुपैयाँ ट्याक्सी भाडा व्यवसायीले लिने गर्छन् । उपत्यकामा १ लिटर पेट्रोलले २२ किमि ट्याक्सी गुड्छ भने प्रतिलिटर पेट्रोलको १०० रुपैयाँ पर्छ ।

 

 

प्रकाशित : असार ७, २०७४ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?