२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

प्रत्येक स्थानीय तहमा ४० करोड रुपैयाँ : प्रचण्ड

उदयपुर — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रत्येक स्थानीय तहमा न्यूनतम ४० करोड रकम बिनियोजन गरिएको वताएका छन ।

प्रत्येक स्थानीय तहमा ४० करोड रुपैयाँ : प्रचण्ड

प्रचण्डले आफनो सकरकारले जादाँ जादै स्थानीय तहलाई रकम विनियोजन गरेको वताए । उदयपुरको चौडण्डीगढी नगरपालिकको बेल्टारमा बुधबार दिउँसो चुनावी सभालाई सम्वोधन गर्दै नगरपालिकामा ४० करोड अनुदान रकम जनता आफैले खर्च गर्ने गरि विनियोजीत गरिएको वताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले त्यस कारण स्थानीयत तहको निर्माण हुने,निर्वाचन सम्पन हुनु र काठमाडौंमा बाँडिने गरेको बजेट गाउँघरमा आउनु नेपाली जनताले अब के थाहा पाउने दिन आयो भने गणतन्त्र भनेको अरु सवै व्यवस्था भन्दा नेपाली जनताको निम्ती धेरै नै उपयुक्त छ भन्ने सिद्ध गर्ने बेला आएको वताए ।‘म यसको निम्ति दिल खोलेर निर्वाचनमा सहभागी हुन र आफना प्रतिनिधि निर्वाचित गर्न बिषेश अपिल गर्न चहान्छु’ उनले भने ।

सभामा बोल्दै दाहालले दोस्रो चरणको निर्वाचनको संघारमा रहेको वताए । ‘पहिलो स्थानीय तहको निर्वाचनमा आइ पुग्न झण्डै २० बर्ष लाग्यो’ उनले भने ‘तर, अहिले जुन स्थानीय तह बनेको छ, त्यो हिजोको गाउ पञ्चायत र गाविस जस्तो होइन ।’ अहिले बन्ने स्थानीय तह स्थानीय सरकार भएको उनको भनाई थियो । दाहालले राजतन्त्र, पञ्चायत, संघीय गणतन्त्र आएपनि उस्तै भन्ने चिन्ता भएको वताए ।

प्रकाशित : असार ७, २०७४ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?