२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नेपाल चीन सम्बन्ध नयाँ ‘फ्रेम’ मा अघि बढ्दै

सम्झौता कार्यान्वयन गर्न नेपालले संयन्त्र बनाउने
कार्यावन्यन पक्ष सहज छैन तर सहकार्य गर्दै अघि बढ्ने

काठमाडौं — छिमेकी चीनको महत्वकांक्षी योजना बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई) मा नेपालले दिएको साथले दुई देशबीचको सहकार्यलाई नयाँ ‘फ्रेम’ मा अघि बढेको विश्वास चीन सरकारको छ ।

नेपाल चीन सम्बन्ध नयाँ ‘फ्रेम’ मा अघि बढ्दै

चीनले नेपाल सरकारलाई आभार ब्यक्त गर्दै उक्त बीआरआईमा गत चैतमा काठमाडौंमा भएको हस्ताक्षर कार्यावन्यनमा लौजान चीन आफ्नो तर्फबाट सक्रिय रहने बताएको छ ।
 
नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ सहायक विदेशमन्त्री कुङ सेन युले बिभिन्न उच्च स्तरीय भेटवार्तामा उक्त धारणा ब्यक्त गरेका हुन् । उनले नेपाल र चीनबीच भएको बीआरआई तथा यसअघिका यातायात तथा पारवहन सम्झौता कायान्वयनमा चुनौति रहेको पनि बताएका छन् । उनले उक्त चुनौतिलाई आपसी सहकार्यमा कार्यान्वयन तहमा पुर्‍याउन चीन पूर्णत तयार रहेको ढाडस नेपाली नेतृत्वलाई दिएका छन् ।
 
नेपाल र चीनबीच दुईपक्षीय सम्बन्ध आपसी विश्वासमा अघि बढेको बताउँदै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको छुट्टाछुट्टै भेटमा भने, ‘बीआरआई अगाडि बढाउने क्रममा नेपाल एक महत्वपूर्ण मुलुकको रुपमा छ । कार्यान्वयनमा नेपाल प्रतिबद्ध भएर अगाडि बढेमा हामीलाई थप सहजता हुनेछ ।’ नेपाललाई चीनले एक विश्वस्त छिमेकीको रुपमा निकै महत्व दिएको र यही वर्ष नेपालतर्फ चीनबाट उच्चस्तरको भ्रमण गराउन प्रयास भइरहेको समेत उनले बताए ।
 
 
परराष्ट्र स्रोतको अनुसार यो भ्रमण नै उच्चस्तरको भ्रमणको एक प्रकारको प्रारम्भिक भ्रमण हो । ‘यही भ्रमणले दिएको प्रतिवेदनको आधारमा अर्को टोली आउने र आगामी उच्चस्तरको भ्रमण तय गर्नेछ ।’  सरकारले चीनसँग भएका महत्वपूर्ण सम्झौताहरु पारवहन तथा यातायात, बीआरआई, क्रस बोर्डर इकोनोमी जोनलगायतको सम्झौता तत्काल कार्यान्वयनमा लैजान र त्यसको अध्ययन गर्न छुट्टाछुट्टै संयन्त्र नै बनाउने भएको परराष्ट्र अधिकारीहरुले बताए । 

संयन्त्रको विषयमा बिहीबार मन्त्रिपरिषदमा छलफल हुने ति अधिकारीले बताए । यही संयन्त्र तयार गर्ने विषयमा छलफल टुंगिएपछि नेपाल भ्रमणमा रहेका सहायक विदेश मन्त्री कुङ नेतृत्व टोलीलाई प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री महराले छुट्टा छुट्टै भेट दिएका थिए । उनले दुवै भेटमा नेपाल गम्भीर भएर अघि बढेमा सबै सम्झौता छिट्टै कार्यान्वयन तहमा पुग्ने र सडक तथा रेल सञ्जालमा सबल ढंगले जोडिनेसमेत बताए ।
 
परराष्ट्रमन्त्री महराले चीनसँग भएका महत्वपूर्ण सम्झौताहरु पारवाहन तथा यातायात,  बीआरआई, क्रस बोडेर इकोनोमिक जोन जस्ता सम्झौतामा दुईपक्षबीच छलफल गरेर कार्यान्वयनमा गए धेरै विषय सहहकार्य हुने बताए । यसको कार्यावन्यनको पक्षबारे विभिन्न तहमा छलफलहरु भइरहेका बताउँदै उनले भने, ‘आपसी सहकार्य  र समन्वय गरेर भएका सम्झौताहरु अघि बढनेछ ।’
 
उनले चिनियाँ उद्योगी व्यावसायीले प्रतिबद्धताअनुसार ८ अर्ब भन्दा बढी अमेरिकी डलर बराबरको लगानी चाँडै नेपाल आउनेमा समेत जोड दिंदै भने, ‘स्वतन्त्र व्यापार सम्झौता (एफटीए) सम्बन्धी प्रावधानले नेपालको व्यापार घाटा कम गर्न, उत्पादन बृद्धि गर्न र निर्यात बृद्धि गर्न सहयोग आवश्यक छ ।’ मन्त्री महराले पर्यटन प्रवद्र्धनका लागि चीनको सहयोग र सद्भाव पनि आवश्यक रहेको बताए ।
 
भेटमा नेपालको राजनीतिक अवस्थाबारेमा समेत छलफल भएको र चीनले नेपालको आन्तरिक मामिलालाई नियाल्ने तर प्रभाव नराख्ने स्पष्ट पारेको छ । 

प्रकाशित : असार ७, २०७४ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?