कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधेसीलाई अधिकारको कुरा गरेर भाषा मास्ने काम भइरहेको ओलीको आरोप

लोकतान्त्रिक पार्टी बन्न राजपालाई आग्रह
देवनारायण साह

मोरङ — एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले चुनावपछि संविधान संशोधनको बारेमा छलफल हुने बताएका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले संविधान संशोधन हुन्छ तर संसद्‌मा अहिले दर्ता भएको प्रस्ताव संशोधन हुन नसक्ने प्रस्ट पारेका हुन् ।

मधेसीलाई अधिकारको कुरा गरेर भाषा मास्ने काम भइरहेको ओलीको आरोप

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले चुनावपछि संविधान संशोधनको बारेमा छलफल हुने बताएका छन् ।

विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले संविधान संशोधन हुन्छ तर संसद्‌मा अहिले दर्ता भएको प्रस्ताव संशोधन हुन नसक्ने प्रस्ट पारेका हुन् । ‘देश र जनताको पक्षमा र लोकतन्त्रको पक्षमा संविधान संशोधन हुन्छ तर संशोधन प्रस्ताव उपयुक्त हुनुपर्छ,’ उनले भने, ‘अहिलेको प्रस्ताव उपयुक्त छैन त्यसैले देश र राष्ट्रको हितमा सबै जनतालाई अधिकार सम्पन्न बनाउन र सम्मान पूर्व बाँच्नको लागि संविधान संशोधनका पक्षमा छौं ।’

देश हितमा नहुने गरी संविधान संशोधन गर्छु भनेर कबोल गरेकाहरुले मैथिली, भोजपुरीलगायत भाषा मास्ने खेल भइरहेको छ त्यो हुन नदिने उनी भन्छन् । उनले परोक्षरुपमा मधेसीलाई अधिकारको कुरा गर्दै झुक्याएर भाषा मास्ने काम भइरहेको आरोप लगाए ।

उनले राष्ट्रिय जनता पार्टीलाई लोकतान्त्रिक पार्टी नभएको दाबी गरे । उनले निषेधको राजनीति गर्ने राजपालाई लोकतान्त्रिक पार्टी बन्न आग्रह गरे ।

उनले प्रधानन्यायधिसको नियूक्त प्रक्रियागत रुपमा हुने बताए । उनले स्वतन्त्र, निष्पक्ष र सबैलाई न्याय प्राप्त हुने संस्थाको रुपमा विकास गर्ने र न्याय प्रदान गर्न केहीबाट प्रभावित नहुने व्यक्तित्व प्रधानन्यायाधीशमा हुनु पर्ने बताए ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार छोड्ने बेलामा बूढीगंगा हाइड्रोपावरको सम्झौता गर्नु गलत भएको बताए ।

प्रकाशित : असार १०, २०७४ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?