मोटरसाइकल दुर्घटनामा मतदान अधिकृतको मृत्यु

गणेश चौधरी

टीकापुर — स्थानीय तह निर्वाचनमा निर्वाचन अधिकृत भई शुक्रबार निर्वाचन सामग्री लिन धनगढी जाँदै गर्दा ५१ वर्षीय नृपराज भट्टराईको मोटरसाइकल दुर्घटनामा निधन भएको छ । मुक्त कमैया प्रावि टीकापुरका प्रधानाध्यापक भट्टराईको पूर्व-पश्चिम राजमार्गको अत्तरिया नजिक दुर्घटनामा पर्दा ज्यान गएको हो ।

स्थानीय तह निर्वाचनमा निर्वाचन अधिकृत भई शुक्रबार निर्वाचन सामग्री लिन धनगढी जाँदै गर्दा ५१ वर्षीय नृपराज भट्टराईको मोटरसाइकल दुर्घटनामा निधन भएको छ ।

मुक्त कमैया प्रावि टीकापुरका प्रधानाध्यापक भट्टराईको पूर्व-पश्चिम राजमार्गको अत्तरिया नजिक दुर्घटनामा पर्दा ज्यान गएको हो । दुर्घटनामा घाइते भट्टराईलाई उपचारका लागि लखनऊ लैजाँदै गर्दा बाटैमा निधन भएको उनका आफन्तले जनाएका छन् ।

शिक्षक भट्टराई टीकापुर नगरपालिकाको खडक स्मृति मतदान केन्द्रमा निर्वाचन अधिकृत तोकिएका थिए । उनी २०५१ सालदेखि शिक्षण पेसामा रहेका जनाइएको छ ।

प्रकाशित : असार १०, २०७४ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?