१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

प्रधानसेनापति र रक्षा सचिव अमेरिका जाँदै

काठमाडौं — विश्व शान्तिका लागि योगदान पुर्‍याउने मुलुकको दोस्रो सुरक्षा सम्मेलन अमेरिकाको न्युयोर्कमा हुने भएको छ । सम्मेलनमा प्रधानसेनापति राजेन्द्र क्षत्री, रक्षा सचिव श्रीधर सापकोटालगायत सहभागी हुने भएका छन् । नेपालले विश्व शान्तिमा पुर्‍याएको योगदानबारे राष्ट्रसंघले प्रशंसा गर्दै आएको छ । विश्व शान्तिमा पुर्‍याएको योगदानलाई ध्यान दिएर राष्ट्रसंघको नेतृत्व पदमा पनि नेपाली सेनाका अधिकृतहरूको कोटा बढाउन नेपालले पहिलेदेखि नै माग गर्दै आएको छ ।

प्रधानसेनापति र रक्षा सचिव अमेरिका जाँदै

न्युयोर्कमा असार २३ गते हुने उक्त सम्मेलनमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुन्टेरसलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सम्मेलनमा क्षत्रीले शान्ति सेना हेर्ने राष्ट्रसंघका उपमहासचिव तथा महासचिव गुन्टेरसका सुरक्षा सल्लाहकारसँग पनि भेटवार्ता गर्ने सेनाले जनाएको छ । उनले सुडान र कंगोका फोर्स कमान्डरसँग पनि भेटवार्ता गर्नेछन् । कंगोका विद्रोहीसँग शान्ति सेनामा खटिएका नेपाली सेनाको हालै दोहोरो फायरिङ भएको थियो ।

सम्मेलनमा नेपाली सेनाले विश्व शान्तिमा पुर्‍याउँदै आएको विषयमा जानकारी दिने र नेपालको सेनाका बारेमा धारणा राखेर प्रधानसेनापछि क्षत्री बेलायत हुँदै फर्किने कार्यक्रम छ । बेलायती सेनाध्यक्ष सर निकोलस पाट्रिक कार्टरको निमन्त्रणामा क्षत्री बेलायत जान लागेका हुन् । उनले बेलायती सेनाको मुख्यालयको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।

प्रकाशित : असार १६, २०७४ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?