चुडामणि शर्माकी पत्नीद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौं — कर निर्धारणमा अनियमितता गरेको आरोपमा एक महिनादेखि अख्तियारको हिरासतमा रहेका निलम्बित सहसचिव चुडामणि शर्मालाई थुनामुक्त गर्न माग राखी सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । शर्माकी पत्नी कल्पना उप्रेती शर्माले आफ्ना पतिलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी गरेकी हुन् ।

चुडामणि शर्माकी पत्नीद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर



निवेदकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालत र अख्तियारका अनुसन्धान अधिकृतलाई विपक्षी बनाएकी छन् । कर फस्र्यौट आयोगका कामकारबाहीमाथि प्रश्न उठाउन नपाइने भन्दै निवेदनमा उनको थुना गैरकानूनी भएको जिकिर गरिएको छ ।

अख्तियारले करिब डेढसय फाइलमाथि अनुसन्धान गरेर करिब ९ अर्ब ६ करोड रुपैयाँ बिगो निर्धारण हुनसक्ने आंकलनका साथ शर्मामाथि ३ अर्ब २ करोड रुपैयाँ धरौटी माग गरेको थियो ।

विशेष अदालतले शर्मामाथिको धरौटी मागलाई सदर गरी त्यो नबुझाउञ्जेल शर्मालाई थुनामा राख्न अख्तियारलाई अनुमति दिएको थियो । अख्तियारले शर्मासहित कर फस्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालमाथि समेत छानबिन थालेपनि दुवैजना फरार रहेका छन् ।

प्रकाशित : असार २७, २०७४ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?