बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय खारेजीको माग

काठमाडौं — नयाँ शक्ति पार्टीले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय तत्काल खारेज गर्न माग गरेको छ । संयोजक बाबुराम भट्टराईले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै चिनियाँ कम्पनीसँगको समझदारी खारेज गरेर अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराएर यथाशीघ्र सुपरभिजन कन्सल्ट्यान्ट र आयोजना निर्माण कन्ट्रयाक्टर छनोट गरी निर्माण सुरु गर्न माग गरे ।

बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय खारेजीको माग

नयाँ शक्ति पार्टीले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।

संयोजक बाबुराम भट्टराईले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै चिनियाँ कम्पनीसँगको समझदारी खारेज गरेर अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराएर यथाशीघ्र सुपरभिजन कन्सल्ट्यान्ट र आयोजना निर्माण कन्ट्रयाक्टर छनोट गरी निर्माण सुरु गर्न माग गरे । गत जेठ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी आयोजना निर्माणका लागि चीनको गेजुवा ग्रुप कम्पनी लिमिटेडलाई दिने निर्णय गरेको थियो । चिनियाँ कम्पनीसँगको सम्झौता राष्ट्रिय स्वाभिमान विपरीत, प्राविधिक रुपले गलत तथा आर्थिक–सामाजिक दृष्टिकोणबाट मुलुकलाई दीर्घकालीन असर पर्ने नयाँ शक्तिको ठहर छ । ६० मे.वा.को त्रिशुली ३ए को कार्य समयमा सम्पन्न नगर्ने, चिलिमे जलविद्युत आयोजनाको निर्माण गर्न नसकेर ठेक्का तोडी धरौटी रकम जफत गरिएको, माथिल्लो साञ्जेन जलविद्युत् आयोजनामा कालोसूचीमा परेको, ३० मे.वा.को चमेलिया जलविद्युत् आयोजना निर्माण गर्न १० वर्षभन्दा बढी समय लगाएको, एक अर्ब १६ करोड करछली गरेको गेजुवा ग्रुप कम्पनीमाथि आरोप छ ।

उक्त पार्टीले बूढीगण्डकी आयोजना नेपाल सरकारको लगानी, देशभित्रका बैंकहरू, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको कल्याणकारी कोष र सर्वसाधारणको शेयर र आवश्यक परेमा अन्य देशका एक्जिम बैंकहरुसँग न्यून ब्याजदरमा ऋण लिएर नेपालीद्वारा नै निर्माण गर्न पनि माग गरेको छ ।

प्रकाशित : असार २८, २०७४ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?