१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पुर्ननिर्माणले तङग्रिँदै ओखलढुंगा

कुम्भराज राई

ओखलढुंगा — पुर्ननिर्माणले गति लिन थालेपछि भूकम्पको पीडाबाट ओलखढुंगा तङग्रिन थालेको छ । अन्य जिल्लाको तुलनामा ओखलढुंगामा पीडितले बढी घर बनाएका छन् ।

पुर्ननिर्माणले तङग्रिँदै ओखलढुंगा

पुर्ननिर्माणका लागि सम्झौता भएको १८ हजार ७ सय १ घरधुरी मध्ये १८ हजार ६ सय ५४ घरले पहिलो किस्ता लिएकोमा ६ हजार ४ सय ७९ घर निर्माणको चरणमा छन् । १ हजार ३ सय ८६ घर निर्माण भइसकेका छन् ।

निर्माण सम्पन्न भइसकेका मध्ये २ घरले अन्तिम किस्ता पाइसके । ८ सय ७९ घरका लागि अन्तिम किस्ताका लागि सिफारिस भइसकेका छन् ।

राष्ट्रिय पुर्ननिर्माण जिल्ला समन्वय समिति प्रमुख युवराज खरेलले भने, ‘अहिले हामी आशा लाग्दोरुपमा पुर्ननिर्माण गरिरहेका छौँ ।’

तेश्रो किस्ताको लागि मात्रै १ हजार ८ सय २३ निवेदन प्राप्त भएका छन् । दोश्रो किस्ता लिनेको संख्या ४ हजार ११ रहेको छ । जिल्लामा पहिचान भएका जम्मा लाभग्राही २० हजार १ सय ६५ थियो । लाभग्राही नपरेको भन्दै ८ हजार १९ वटा निवेदन परेका थिए । त्यसमध्ये ६

हजार ६ सय ७५ जनाको गुनासो सम्बोधन भइसकेको पुर्ननिर्माण प्राधिकरणले जनाएको छ ।

गुनासोमा परेका मध्येबाट १ हजार ६ सय ४३ घरधुरीलाई रेक्ट्रोफिटिङ (आंशिक मर्मत) गर्न सिफारिस गरिएको छ । जिल्लामा प्राविधिक र आवश्यक जनशक्ति वृद्धि हुँदा समेत कामले गति लिन सकेको प्रमुख खरेलले बताए । हाल इन्जिनियर, ओभरसियर र सब इन्जिनियर गरी जिल्लामा १ सय ४३ जना प्राविधिक खटिएका छन् । डकर्मीको संख्यासमेत ७ सयदेखि बृद्धि भएर १ हजार ८ सय भन्दा माथि पुगेका छन् ।

सरकारले पुर्ननिर्माणको लागि अनुदान सम्झौता भएको मितिले दुईवर्ष भित्र अनिवार्य घर निर्माण गरिसक्नुपर्ने नयाँ मापदण्ड बनाएको छ । संशोधित कार्यविधि २०७४ अनुसार अब पुर्ननिर्माण सम्बन्धी गुनासो लगायतका जिम्मेवारी स्थानीय तहमै सर्ने भनिएपनि हालसम्म गाउँपालिका र नगरपालिकामा कुनै त्यस्ता गुनासो आइसकेका छैनन् । तर अब पुर्ननिर्माणको काम स्थानीय तहबाटै हुने भएपछि काम छिटो हुने र गुनासो सम्बोधन हुने अपेक्षा स्थानीयले लिएका छन् ।

प्रकाशित : असार ३०, २०७४ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?