२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

साढे ७० लाख मूल्य बराबरको सुनसहित एक भारतीय पक्राउ

प्रताप विष्ट

हेटौंडा — ७० लाख ५९ हजार मूल्य बराबरको एक केजी ५ सय १६ ग्राम अवैध सुनसहित प्रहरीले भारत पूर्वी चम्पारणका ३५ वर्षीय सुमनकुमारलाई प्रहरीले पक्राउ गरेको हो ।

साढे ७० लाख मूल्य बराबरको सुनसहित एक भारतीय पक्राउ

अवैध सुनसहित प्रहरीले  एक भारतीय युवकलाई शुक्रबार हेटौंडामा पक्राउ गरेको छ ।

काठमाडौबाट बीरगन्जतर्फ गइरहेको ना १ ज ४०२९ नम्बरको टाटासुमोलाई हेटौंडा उपमहानगरपालिका—१५ रातोमाटेस्थित चेकपोष्टका प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा भारतीय नागरिक सुमनको झोला खानतलासी गर्दा भन्सार छली ल्याएको अवैध सुन फेला परेको प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए । 

प्रहरी विशेष सुराकीको आधारमा अवैध सुनसहित भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । पक्राउ परेका भारतीय नागरिक र बरामद गरिएको सुनसहित प्रहरीले थप अनुसन्धान गरेर कारवाही गर्न आन्तरिक राजस्व कार्यालय पथलैयालाई बुझाएको छ ।

प्रकाशित : असार ३०, २०७४ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?