कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रामेछापको खिम्ती बाढी : वेपत्ता अझै भेटिएनन्, राहतमा राजनीति गर्न खोजेको गुनासो

टीकाप्रसाद भट्ट

रामेछाप — शनिबार रातिको बाढीमा परेर हराइरहेका खिम्तीका तीन जनाको अझै अत्तोपत्तो लागेको छेन । आइतबार विहानैदेखि खोजि कार्यमा खटिएका सुरक्षाकर्मी र स्थानीयले मंगलबार मध्यान्हसम्म वेपत्ताको कुनै भेउ पाउन नसकेको हो ।

रामेछापको खिम्ती बाढी : वेपत्ता अझै भेटिएनन्, राहतमा राजनीति गर्न खोजेको गुनासो

‘खोजी जारी राखेका छौं ’ जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख कुमोध ढुंगेलले भने, 'अझै भेटिएका छैनन् ।'

बाढीमा परेर ३ जना वेपत्ता छन । वेपत्ता हुनेमा विमान तामाङ्ग (अशोक ) उनकी छोरी मनिला तामाङ्ग र सुमन खत्री रहेका छन । सुमन खत्री लहरेनीमा सानो छाप्रोमा वस्दै आएकी थिइन् । उनको छाप्रो समेत वगाएको छ । तामाङ बाबु छोरी कुलो हुँदै वस्तीमा बाढी पस्ला भनेर कुलो फर्काउन बाढी छेउ गएका थिए ।

वेपत्ता जहाँबाट हराए त्यो स्थानमा उद्धार र खोजकर्ताहरु पुग्न सकिने अवस्था छैन । जहाँ पुग्ने ठाउँ छ त्यहाँ घर जत्रा ढुंगा थुप्रिएका छन् । ‘अव भेटिएला झैं लाग्दैन ’ लिखु गाउँपालिकाका उपप्रमुख दिपशिखा दाहालले भनिन् । खोज्ने कार्य जारी राखेका छौं दाहालले भनिन्, 'भेटिने आशा भने छैन । खोजि कार्यमा नेपाली सेना, प्रहरी, शसस्त्र र स्थानीय छन् ।्

छतिवनेको बाढीले खिम्तीको वहाव क्षेत्रनै परिवर्तन गराइदिएको छ । खिम्ती अहिले लहरेनीको भित्तामा ठोक्किएर वगेको छ । लहरेनीका सयौं रोपनी खेत बगेको छ । खिम्ती हुँदै वेताली जाने सडक चिनोचपेटो छैन । सडक भएको स्थानमा खिम्ती वगेको र बाँकी जमिन नभएकोले पैदल यात्रुलाई समेत हिड्ने स्थान छैन । माथि अक्कर भिरमा झुण्डिंदै फर्पु खिम्ती गर्नेहरु ओहोर दोहोर गरीरहेका छन् ।

बाढीले वगाएका २ जना मृत अवस्थामा फेला परेका थिए । उनीहरुको आइतबारै संस्कार गरिएको छ । घाइते अवस्थामा उद्धार गरीएका ९ जनालाइई उपचारका लागि काठमाडौं पठाइएको छ । उनीहरु सवै खतरामुक्त रहेको बताइएको छ ।

राहत वितरणमा राजनीतिकरण

खिम्तीको बाढी पहिरो पीडितलाई राहत वितरण गर्ने नाममा राजनीतिकरण भएको छ । जिल्ला सदरमुकामबाट रेडक्रस र गैरसरकारी संस्थाका प्रतिनिधि राहत लिएर सोमबार विहान खिम्ती पुग्दा राहत दिनुपर्ने व्यक्तिहरु थिएनन् । गाउँपालिका प्रमुख गोविन्दवहादुर खड्काले राहत सामाग्री वुझ्ने व्यक्ति नआएकोले उक्त सामाग्री जनप्रतिनिधिको जिम्मा दिनुपर्ने वताए । राहत सामाग्री गाडीमा राखेर घण्टौ विवाद चल्यो ।

रेडक्रस र संघसंस्थाका प्रतिनिधिहरुले उक्त सामाग्री आफैले वितरण गर्ने वताउँदा खड्का र अन्य जनप्रनिनिधिले आपत्ति जनाएका थिए । राहत सामाग्री आफैले ल्याएर वितरण गरेको सन्देश दिनका लागि जनप्रतिनिधिहरुले त्यसो गरेकोले राहतको नाममा राजनीति गर्नु नहुने भन्दै स्थानीय समेत गुनासो गर्न थालेपछि ५ जना पीडितलाइ बोलाएर सांसद आङटावा शेर्पा र सहायक प्रमुख जिल्ला अधिकारी सिताराम थापाले सामाग्री हस्तान्तरण गरिएको थियो । अन्य सामाग्री गाउँपालिकाको जिम्मा लगाइएको छ । शेर्पाले आफ्नातर्फबाट मृतक र वेपत्ता हुने ५ जनाका परिवारलाइ ७ हजारका दरले नगद हस्तान्तरण गरेका थिए ।

प्रकाशित : श्रावण २, २०७४ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?