प्रधानन्यायाधिश पराजुलीको पदबहाली

काठमाडौं — प्रधानन्याायधीश गोपाल पराजुलीले न्यायालयमा हुने ढिलासुस्तीलाई हटाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरी सर्वोच्च अदालतमा पदबहाली गर्ने क्रममा प्रधानन्यायाधिश पराजुलीले न्यायालयमा देखिएका सबै खाले विकृति निर्मुल पार्ने बताए

प्रधानन्यायाधिश पराजुलीको पदबहाली

 ।

उनले न्यायाधीशहरुको सम्पत्ति विवरणको नियमित अनुगमन, छानबिन र न्यायाधीशको आचारसंहितालाई कडाइका साथ अनुगमन गर्ने घोषणा गरे । उनले एउटै मुद्दामा लामो समय सुनुवाइ गर्नुपर्ने परिपाटी अन्य गर्ने उल्लेख गर्दै लामो समयदेखि थाती रहेका मुद्दा छिटो किनारा लगाउने प्रतिबद्धता जनाए ।

२०४८ सालमा पुनरावेदन अदालतका न्यायाधीश बनेका पराजुली २०६७ सालमा पुनरावेदन अदालतको मुख्य न्यायाधिश बनेका थिए । उनी २०७१ सालमा सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त बनेका हुन् । उनी आगामी १० महिनासम्म प्रधानन्यायाधीश रहनेछन् । 

–रासस

प्रकाशित : श्रावण २, २०७४ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?