१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भरतपुर प्रकरणको सुनुवाइ फेरि सर्‍यो

काठमाडौं — भरतपुर मतगणना प्रकरणको अदालती सुनुवाई फेरि सरेको छ । सोमबारको बहस नसकिएपछि साउन ८ गतेसम्मका लागि सुनुवाई सरेको हो । सोमबार अधिवक्ता टीकाराम भट्टराईले बहस गरे । न्यायाधीश पुरुषोत्तम भण्डारी उपचारका लागि अमेरिका जाने भएपछि बहस साता दिनका लागि सरेको हो ।

भरतपुर प्रकरणको सुनुवाइ फेरि सर्‍यो

भरतपुर मतगणना प्रकरणको अदालती सुनुवाई फेरि सरेको छ । सोमबारको बहस नसकिएपछि साउन ८ गतेसम्मका लागि सुनुवाई सरेको हो । न्यायाधीश पुरुषोत्तम भण्डारी उपचारका लागि अमेरिका जाने भएपछि बहस साता दिनका लागि सरेको हो । सोमबार अधिवक्ता टीकाराम भट्टराईले बहस गरेका थिए ।

मतगणना अन्तिममा पुगेकाबेला माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले वडा नम्बर १९ मा पुन: मतदान गर्ने निर्णय गरेको थियो । निर्णयको विरोधमा सर्वोच्चमा रिट दायर भएको थियो । मतगणनामा एमालेका देवी ज्ञवाली माओवादी र कांग्रेसका संयुक्त उम्मेदवार रेणु दाहालभन्दा ७८४ मतले अगाडि थिए ।

प्रकाशित : श्रावण २, २०७४ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?