कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कावासोती नपाको नगरसभामा झडप

नवीन पौडेल

काठमाडौं — नवलपरासीको कावासोती नगरपालिकाको प्रथम नगरसभामा झडप भएको छ । आर्थिक वर्ष ७४/७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा नेपाली काँग्रेस र माओवादी केन्द्रबाट निर्वाचित नगरसभाका सदस्य तथा एमालेबाट निर्वाचित जनप्रतिनिधि बिच झडप भएको हो ।

 कावासोती नपाको नगरसभामा झडप

शुक्रवारबाट सुरु भएको नगरसभामा ९ वटा वडाका वडाध्यक्षले विरोध जनाउँदै आफ्ना माग पुरा नभएसम्म सभा चल्न नदिने बताएपछि स्थगित भएको सभा सोमबार पुन: बसेको थियो । विहान १० बजे बस्ने भनेपनि दुईपक्ष वीच कुरा नमीलेपछि मेयर चन्द्रा देवी पुनले सभा सुचारु गरेर नीति तथा कार्यक्रम प्रस्तुत गर्न वडा नम्बर २ का वडाध्यक्ष लक्ष्मी पौडेललाई रोष्टममा बोलाएका थिए । त्यही बेला असन्तुष्ट वडाध्यक्ष र नगरसभाका सदस्यले रोक्ने प्रयास गर्दा झडप भएको हो । झडप पछि केही समयमा लागि पुन: नगरसभा स्थगित गरिएको छ ।

प्रकाशित : श्रावण २, २०७४ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?