कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

ज्यान मुद्दाको फाइल महान्यायाधिवक्ताले लुकाए : एमाले सांसद

काठमाडौं — दोलखाबाट निर्वाचित तीन सांसदले आफ्नो जिल्लाको ज्यानसम्बन्धी एक मुद्दाको फाइल महान्यायाधीवक्ता रमनकुमार श्रेष्ठले गैरकानुनी रुपमा लुकाएको भन्दै सोमबार विरोध जनाएका छन् ।

ज्यान मुद्दाको फाइल महान्यायाधिवक्ताले लुकाए : एमाले सांसद

उनीहरूले राजधानीमा पत्रकार सम्मेलन गरी महान्यायाधीबक्ता श्रेष्ठले गैरकानूनी रुपमा फायल खोसेर राखी न्याय मार्ने काम गरेको आरोप लगाए ।

सांसदहरु पशुपति चौलागाई, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले गौरीशंकर गाउँपालिका– १ जुगु निवासी कुलबहादुर तामाङको हत्याका अभियुक्तलाई जोगाउन महान्यायाधिबक्ता श्रेष्ठले फाइल नै लुकाएको दावी गरे ।

स्थानीय तह निर्वाचनको क्रममा गत बैशाख २६ गते जुगुमा माओवादी केन्द्रको निर्देशनमा हतियारधारी समुहले हत्या गरेको दावीसहित मुद्दा परेको थियो ।

उक्त घट्नामा स्थानीय शिक्षक दिलबहादुर बुढाथोकीलाई मरणासन्न हुने गरी घाइते बनाइएको थियो । भाला रोपेर हत्या गरिएको र घाइते बनाएको घटनामा संलग्न सवैलाई जिल्ला अदालत दोलखाले साधारण तारेखमा रिहा गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा पुनरावलोकनको निर्णय लिएको थियो । तर महान्यायाधिबक्ता श्रेष्ठले जिल्ला सरकारी वकिलबाट फाइल लिएर बेपत्ता पारेको दाबी सांसदहरुको छ ।

प्रकाशित : श्रावण २, २०७४ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?