कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रीको नाम टुंगो लगाउन बोलाइएको माओवादी हेडक्वार्टर बैठक स्थगित

कान्तिपुर संवाददाता

काठमाडौं — पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको नाम टुंगो लगाउन भन्दै बोलाइएको माओवादी केन्द्रको हेडक्वार्टर बैठक स्थगित भएको छ ।

मन्त्रीको नाम टुंगो लगाउन बोलाइएको माओवादी हेडक्वार्टर बैठक स्थगित

कांग्रेसले आफ्ना तर्फबाट नाम टुंगो लगाउन नसक्नु र पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि अन्य भेटघाटमा व्यस्त हुनुभएकोले हेडक्वाटर बैठक भोलिलाई सारिएको दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए । उनले भने, 'आज सकिएन, भोलि बैठक बसेर क्याबिनेट विस्तार टुंगो लाग्छ ।' मा‌ओवादी हेडक्वार्टर बैठक दिउँसो ३ बजे लाजिम्पाटमा बोलाइएको थियो ।

माओवादीले अब ६ जना मन्त्री पठाउनु पर्नेछ । यसअघि उपप्रधानसहित तीन मन्त्री माओवादीबाट सरकारमा सहभागी भइसकेका छन् । नयाँ मन्त्री बन्नेमा गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, टेकबहादुर बस्नेत, सीता नेपाली, शिवकुमार मण्डललगायतको नाम चर्चामा छ ।

प्रकाशित : श्रावण १०, २०७४ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?