कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रिपरिषदको बैठकमा डा केसीको अनसनको विषय उठाउने छु: स्वास्थ्य मन्त्री पोखरेल

अतुल मिश्र

काठमाडौं — स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले प्रा डा गोविन्द केसीको आन्दोलनको विषय स्वास्थ्य मन्त्रालयसँग थोरै र शिक्षा मन्त्रालयसँग धेरै गाँसिएको भएपनि यसलाई एकिकृत रूपमा लिएर जानु पर्ने बताएका छन्।

मन्त्रिपरिषदको बैठकमा डा केसीको अनसनको विषय उठाउने छु: स्वास्थ्य मन्त्री पोखरेल

वीर अस्पतालको १२८ औं वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै पोखरेलले भने, 'बिहीबारको मन्त्रिपरिषदको बैठकमा यो विषय(डा केसी अनसन) उठाउने छु।'

डा केसीले स्वास्थ्य शिक्षा र सेवाको क्षेत्रमा महत्वपूर्ण कुरा उठाएको उल्लेख गर्दै स्वास्थ्य मन्त्रीले भने, 'यो क्षेत्रमा अन्य धेरै व्यक्तित्वको समेत उल्लेख्य योगदान छ।' सत्ताले डा केसीसँग सम्झौता गरे पनि लागु नगर्नाले पटक-पटक अनसन हुने गरेको औंल्याउँदै उनले प्रघानमन्त्रीसँग बिहीबारको भेटघाटमा समेत यो विषय राख्ने बताए।

प्रकाशित : श्रावण १२, २०७४ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?