कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

योजना आयोग उपाध्यक्षमा वाग्ले

काठमाडौं — राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री स्वर्णिम वाग्ले नियुक्त भएका छन्। यसअघि दुईपटक आयोग सदस्य भइसकेका वाग्लेलाई मन्त्रिपरिषद्ले उपाध्यक्ष नियुक्त गरेको हो। विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संघसंस्थाको कार्य अनुभव भएका वाग्ले सुशील कोइराला प्रधानमन्त्री हुँदा पहिलोपटक सदस्य भएका थिए।

योजना आयोग उपाध्यक्षमा वाग्ले

उपाध्यक्ष नियुक्त भएपछि वाग्लेले मुख्य ५ विषयमा आफ्नो ध्यान केन्द्रित रहने प्रतिक्रिया दिए। ‘सबैभन्दा पहिले त मुलुक संघीयतामा गइसकेपछि आयोगको भूमिका र कार्यक्षेत्रबारे यस अघिदेखि भइरहेको कामलाई पूर्णता दिएर थिंक ट्यांकका रूपमा पुन:संरचना गरिनेछ,’ उनले भने। यसअघि पुन:संरचनाको खाका बनाउने काममा समेत संलग्न वाग्लेले आयोग भने खारेज नहुने बताए।

सन् २०३० सम्म मुलुकलाई मध्यम आय भएको देशमा पुर्‍याउन प्रयत्न गरिने पनि उनले बताए। दिगो विकास लक्ष्य र सन् २०२२ सम्म अति कम विकसित मुलुकबाट माथि उकास्ने काममा पनि संलग्न रहने उनले बताए। संघीय संरचनामा बजेट निर्माणलगायत वित्तीय क्षेत्रमा सहकार्य गर्ने योजना पनि वाग्लेले सुनाए। ‘आर्थिक सुधारका केही कामलाई द्रुत रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता पनि छ,’ उनले भने।

प्रकाशित : श्रावण १९, २०७४ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?