११ डीआईजीको बढुवा

कान्तिपुर संवाददाता

काठमाडौं — मन्त्रिपरिषद् बैठकले बिहीबार ११ डीआईजीलाई एआईजीमा बढुवा गरेको छ। बढुवा भएकामा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट छन्।

मन्त्रिपरिषद् बैठकले बिहीबार ११ डीआईजीलाई एआईजीमा बढुवा गरेको छ।

बढुवा भएकामा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट छन्। प्रहरी प्रवक्ता पुष्कर कार्कीले शुक्रबार एआईजी, डीआईजी, एसएसपी, एसपी र डीएसपीलाई दज्र्यानी चिह्न दिइने बताए। यसैबीच सर्वोच्च अदालतले डीएसपी सञ्जीव शर्मा दासको निलम्बन कार्यान्वयन नगर्न बिहीबार अन्तरिम आदेश जारी गरेको छ। उनी हालै डीएसपीबाट एसपीमा बढुवा सिफारिस भएका थिए।

बलात्कार मुद्दाका अभियुक्तलाई भगाएको गम्भीर आरोपमा उनलाई गृहमन्त्री जनार्दन शर्माले निलम्बन गरी छानबिन थालेका थिए। त्यसविरुद्ध उनी सर्वोच्च अदालत पुगेका थिए।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको इजलासले उनको निलम्बन कार्यान्वयन नगर्न आदेश जारी गरेको हो। उनलाई यसअघि सरकारले एसपी बढुवा गरेकामा निलम्बनपछि उनको बढुवा रोकिएको थियो।

प्रकाशित : श्रावण २०, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?