२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

रहेनन् केशवशरण

कान्तिपुर संवाददाता

संस्कृत साहित्यका विद्वान् आचार्य खेमराज केशवशरणको बुधबार राति ८१ वर्षको उमेरमा घरमै देहान्त भएको छ ।

पूर्वीय धर्मदर्शनका व्याख्याता खेमराज १९९३ सालमा मोरङको लेटाङमा जन्मिएका हुन् । वाल्मीकि विद्यापीठ अन्तर्गत साहित्य विभागका अध्यक्ष रहिसकेका खेमराजले देवघाटमा शरणागति आश्रम सञ्चालन गरेका थिए । पूर्वीय दर्शनको प्रचारप्रसारमा विश्वका करिब २५/२६ देश पुगेका केशवशरणले रेडियो नेपालमा २०२३ सालबाट धार्मिक कार्यक्रममा प्रवचन सुरु गरेका थिए । उनलाई जयतु संस्कृतम्ले ‘संस्कृत विद्याशिरोमणि’बाट विभूषित गरेको थियो । ५ वर्ष अघिदेखि अलजाइमर, ब्लडप्रेसर र सुगरबाट पीडित उनको मृत्यु निमोनियाँ र ब्रेनह्यमरेजबाट भएको हो । आचार्यका श्रीमती, दुई छोरी र दुई छोरा छन् । उनको अत्येष्टि शुक्रबार गरिने भएको छ । 

 

प्रकाशित : श्रावण २०, २०७४ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?