२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अनसन १५ औं दिनमा– डा. केसीको स्वास्थ्य स्थिति खस्कँदो

अतुल मिश्र

काठमाडौं — प्रा.डा. गोविन्द केसीको स्वास्थ्य स्थिति खस्कँदै गएपछि अनसनस्थल मै भेन्टिलेटरसहितको सघन चिकित्सा कक्ष (आइसियु)मा चाहिने सबै उपकरण तयारी अवस्थामा राखिएका छन् । डा. केसी १५ दिन देखी त्रिवि शिक्षण असपताल हातामा ७ बुँदे मागसहित ११ औंपटक आमरण अनसन गरिरहेका छन् ।

अनसन १५ औं दिनमा– डा. केसीको स्वास्थ्य स्थिति खस्कँदो

अनसनस्थलमा हाल २४ घन्टा वरिष्ठ चिकित्सकलाई राखिएको जनाउँदै प्रा.डा. दिव्या सिंह शाहले त्यहाँ आइसियुमा चाहिने आवश्यक उपकरणहरु समेत तयारी अवस्थामा राखिएको बताइन् ।

अनसनस्थलमा हाल भेन्टिलेटर, मुटू एक्कासी बन्द भए विद्युतीय झड्का दिएर चलाउने मेसिन (डिफ्ब्रिलेटर) लगायतका अन्य मेसिनहरु राखिएका छन् ।

‘कुनै पनि बेला डा. केसीलाई सघन चिकित्साको आवश्यकता पर्नसक्ने भएकोले उक्त उपकरणहरु तम्तयार राखिएको हो,’ डा. शाहले भनिन्, ‘बोल्दा बाहेक हरदम उहाँलाई अक्सिजन दिई राखिएको छ ।’

हाल डा. केसीलाई बस्दा, पल्टदा समेत रिंगटा लाग्न थालेको छ । हातमा सेलाइन चढाइने ठाउँमा सुन्निएको छ । मांसपेसी बाउँडिन, छाती दुख्ने समस्या पहिलेको दाँजोमा अलि बढेको छ । शरिरमा अक्सिजन, इलेक्ट्रोलाइट, सेतो रक्त कोष, क्याल्सियम, फस्फोरस आदिकोको कमीमा समेत वृद्घि भएको छ । डा. केसकिो सिस्टोलिक रक्तचाप (माथिको) सयभन्दा कम रहने गरेको छ ।

प्रकाशित : श्रावण २३, २०७४ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?